खरसाङका थप एकजना कोरोना सङ्क्रमित वृद्धको मृत्यु

0
1022

खरसाङ, 19 अगस्तः कोरोना भाइरसका कारण खरसाङनिवासी 71 वर्षीय वृद्धको मृत्युको भएको छ।

उनी खरसाङ पीबी रोडनिवासी रहेको बताइएको छ। जानकारीका अनुसार पछिल्लो 14 अगस्तका दिन उनलाई सिलगढ़ी कावाखालीस्थित दिसन कोभिड अस्पतालमा भर्ती गरिएको थियो भने आज बिहानै उनको भएको बताइएको छ।

अर्कोतिर, कोभिड प्रोटोकलअनुसार आजै उनको अन्तिम संस्कार सिलगढ़ीमा गरिएको बताइएको छ।

यसका साथै खरसाङ क्षेत्रमा कोरोना भाइरसका कारण तीनजनाको मृत्यु भइसकेको छ।

यसभन्दा अघि चिम्नीनिवासी वृद्ध र खरसाङ डाउहिल रोडनिवासी वृद्धाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here