जापले भन्यो – जीटीएको चुनाउ गराउन नसक्नु ठूलो राजनीतिक विफलता

0
1231
जापका ब्युरो सदस्य अमर लामा (फाइल फोटो)। 

कालेबुङ, १९ सेप्टेम्बर : जीटीएको तेस्रोपटक मियाद बढ़ेको जनआन्दोलन पार्टीले आश्चर्य प्रकट गर्दै  राज्य सरकारले जीटीएको चुनाउ गराउन नसक्नुलाई ठूलो राजनीतिक विफलताको संज्ञा दिएको छ। बुधवार जनसंवादसँग कुराकानी गर्दै जापका ब्युरो सदस्य अमर लामाले जीटीएको मियाद तेस्रोपटक बढ़ेको सन्दर्भमा यस आशयको बयान दिएका हुन्।

“कुन परिस्थितिको कारण राज्यले तेस्रोपटक जीटीएको मियाद बढ़ाउनु पऱ्यो? जीटीएको तेस्रोपटक मियाद बढ़ाउनका लागि कानूनअनुरूप जीटीए एक्ट संशोधन गऱ्यो/गरेन अथवा पहाड़मा चुनाउ गराउन के कुराले छेक्यो? त्यो खुलास्त पार्नुपर्छ’’, लामाले थपे, “कामै नलाग्ने भइसकेको जीटीएलाई सञ्चालन गर्न राज्यले आफ्नो गोजीको कानून प्रयोग गर्दैछ। नभए मियाद बढ़ेको अघिबाटै एकवर्ष भइसकेको जीटीएका लागि थप ६ महिना मियाद थप्ने थिएन।’’ जाप ब्युरो सदस्यका अनुसार जीटीएको मियाद तेस्रोपटक बढ़ाउनका लागि कानूनको प्रावधानअनुरूप विधानसभाले जीटीए एक्ट संशोधन गर्नपर्थ्यो। नियमकै अनुसार हो भने जीटीए एक्ट संशोधन गर्नका लागि राज्यले केन्द्रको विचार जान्न पर्छ नभए केन्द्रलाई यसबारे सूचित गर्नपर्छ। राज्यले यसो गऱ्यो-गरेन त्यो अनिश्चित रहेको उनको भनाइ छ, किनभने अहिले राज्यको विधानसभा चलेको छैन। एक प्रश्नको उत्तरमा लामाले राज्यको यस्तो गैरकानुनी पदक्षेपविरुद्ध कसैले पनि न्यायालयमा चुनौती दिनसक्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here