तेस्रोपटक बढ़्यो जीटीएको मियाद

0
1057
जीटीए मुख्यालय लालकोठी (फाइल फोटो)। 

दार्जीलिङ, 19 सेप्टेम्बर : गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को मियाद पुनः 6 महिनाका लागि बढ़ेको छ। राज्य सरकारले यसका लागि बुधवार नोटिफिकेशन जारी  मियाद बढ़ाएको जीटीएकी प्रिन्सिपल सेक्रेटेरी  छोडेन लामाले पुष्टि गरेकी छन्। उनका अनुसार भोलि अर्थात् 20 सेप्टेम्बरदेखि आगामी 6 महिनाका लागि बढ़ाइएको छ। जीटीएको बोर्ड अव् एड्मिनिस्टेटरको मियाद बढ़ेको यो तेस्रोपटक हो।
सूत्रका अनुसार विनय तामाङहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष जीटीएको मियाद बढ़ाउने अनुरोध गरेका थिए। दार्जीलिङ पहाड़मा अहिले नै चुनाउको पक्षमा नरहेकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि जीटीएको मियाद बढ़ाउने पक्षमा थिइन्। त्यसैले पनि यसको 6 महिना मियाद बढ़ाइएको हो। स्मरणरहोस्, पहाड़का सबै राजनीतिक दलले जीटीएको मियाद बढ़ाउने कुरालाई विरोध गर्दै आएका थिए। हिजो कालेबुङको सात माइलमा सम्पन्न जापको जनसभालाई  सम्बोधन गर्दै यसका ब्युरो सदस्य तथा अधिवक्ता अमर लामाले तेस्रोपटक जीटीएको मियाद बढ़ाउनका लागि विधानसभाले जीटीए एक्टमा संशोधन गर्नुपर्ने बताएका थिए।
अर्कोतिर जीटीए बोर्ड अव् एड्मिनिस्टेटर (बीओए)-का अध्यक्ष विनय तामाङले पनि जीटीएको मियाद बढ़ेको पुष्टि गरेका छन्। जीटीएको तेस्रोपटक मियाद बढ़ाउनु  गैरकानुनी भन्ने विपक्षी नेताहरूप्रति कटाक्ष गरेका छन्। तामाङले भने, “सुवास घिसिङले फरवरी 2005 देखि मियाद बढ़ाउँदै मार्च 2008 सम्म पुर्‍याएका हुन्। तीनपटक मियाद  बढ़ाउनु  गैरकानुनी हो भनेर कुन एक्टमा लेखेको छ?”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here