जीटीएको विरोधमा क्रामाकपा, भन्यो -ममताले दार्जीलिङलाई देशको संविधान र कानूनबाहिर राखेर लथालिङ्ग पार्न चाहन्छिन्

0
1037
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, १९ सेप्टेम्बर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङलाई देशको संविधानबाहिर राखेर बङ्गालको उपनिवेशको रूपमा मनपरी गरिरहेको आरोप क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले लगाएको छ। क्रामाकपाका अनुसार  मुख्यमन्त्री ममताले दार्जीलिङलाई लथालिङ्ग पार्न चाहन्छिन्, यसैले अहिले पहाड़मा देशको संविधान र कानूनलाई खुल्ला उपहास गर्दै अप्रजातान्त्रिक र अन्याय-अत्याचार मौलाएको छ।
बुधवार जनसंवादसँग कुराकानी गर्दै क्रामाकपाका प्रवक्ता गोविन छेत्रीले यस आशयको आरोप लगाएका हुन्। उनले भने, “मुख्यमन्त्रीले दार्जीलिङमा जे जति कार्य गर्दैछिन्, ती सबै गैरकानुनी र प्रजातान्त्रिक छन्। वास्तवमा उनले दार्जीलिङ पहाड़लाई बङ्गालको उपनिवेश ठान्छिन्। यसैले दार्जीलिङमा देशको संविधान र कानूनको कुनै अर्थै छैन।’’ छेत्रीले यो बयान जीटीएको सन्दर्भमा दिएका हुन्। उनका अनुसार पुनः जीटीएको बोर्ड अव् एड्मिनिस्टेटरको मियाद बढ़ाइ यो घोर अप्रजातान्त्रिक हुनेछ।
“क्रामाकपाले जीटीएलाई स्वीकार्दैन। यसले गोर्खाहरूको सपना र आकांक्षालाई पूरा गर्दैन’’, उनले थपे, “जनाकांक्षा विपरीत गठन गरिएको जीटीएको सञ्चालन अझ धेरै अप्रजातान्त्रिक र गैरकानुनी छ।’’  एक प्रश्नको उत्तरमा उनले दार्जीलिङको विषयमा मुख्यमन्त्रीसँग कुनै आँट र भरोसा नरहेको दाबी गरे। “पहाड़मा चुनाउ गरिए उनीहरूको विपक्षमा जनाधार जाने डर छ’’,  क्रामाकपा प्रवक्ताले थपे, “यो डरले नै राज्यले दार्जीलिङमा जनताको मौलिक अधिकार हनन गर्ने कार्य गर्दैछ।’’  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here