21 सेप्टेम्बरदेखि एक साता गान्तोक नगर निगम क्षेत्रमा पूर्ण लकडाउन

0
986
(फाइल फोटो)

गान्तोक, 19 सेप्टेम्बरः कोरोना सङ्क्रमणको अनियन्त्रित वृद्धिका कारण गान्तोकलाई एक हप्तासम्म लकडाउन गर्न राज्य प्रशासन बाध्य भएको छ।

आउँदो 21 सेप्टेम्बरदेखि 27 सेप्टेम्बरसम्म गान्तोक नगर निगमअन्तर्गतका सबै क्षेत्रमा पूर्ण लकडाउन लागू गरिनेछ।

आज प्रशासनद्वारा जारी आदेशअनुसार लकडाउनअवधि वाहनहरूको आवगमन बन्द गरिएको छ।

आवश्यक सामाग्री ढुवानी गर्ने वाहनहरूलाई भने अनुमति रहनेछ।

राज्य सरकारमा संयुक्त सचिवदेखि माथिका अधिकारीहरूका सरकारी वाहनहरूलाई पनि चल्ने अनुमति छ। तर, परिचय-पत्र भने देखाउन अनिवार्य बनाइएको छ। यद्यपि उनीहरूले केवल कार्यालयको समयअवधि मात्र वाहन प्रयोग गर्नसक्नेछन्।

विधानसभाका अधिकारी र सम्बन्धित कर्मचारीहरूलाई विधानसभाद्वारा जारी अनुमति-पत्रको आधारमा 21 सेप्टेम्बरको दिन मात्र अनुमति रहेको छ।

आपत्कालीन स्थितिमा मेडिकल इमरजेन्सीका वाहनहरूले आवश्यक दस्तावेज देखाएर चल्न पाउनेछन्।

लकडाउनभरि सबै प्रकारका पसल, सपिङ कम्पलेक्स, व्यवसायिक संस्थान, स्पा, सलुन, वाहनहरूको शोरूम, जिम, ग्यारेज, टायर रिपेयरिङ दोकान बन्द रहनेछन् भने औषधि पसल र दैनिक राशन बिक्री गर्ने पलसहरू भने खुला रहनेछन्।

सबै रेस्टुरेन्ट, बार, फास्ट फुड, मिठाई दोकान, होटल, गेस्ट हाउस, होमस्टे पनि बन्द रहनेछन्।

केन्द्र सरकारका कार्यालयहरू केन्द्रको निर्देशअनुसार चल्नेछन् भने राज्य सरकारका कार्यालयहरू 30 प्रतिशत कर्मचारीहरूका साथ खुला रहनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here