कालेबुङ, १९ सेप्टेम्बरः विनय तामाङले सीके श्रेष्ठसँग बैठक गरेका छन्।
आज कालेबुङ आइपुगेका उनले श्रेष्ठसँग बैठक गरेका हुन्। हाल विनय तामाङ पहाडका ठाउँ ठाउँमा सभा गरी तेस्रो अध्याय, यसको कार्यक्रम र औचित्यबारे बताइरहेका छन्।
यसैक्रममा उनी आज कालेबुङ आइपुगेका हुन्। कालेबुङ आएलगत्तै सीके श्रेष्ठसँग उनको बैठक चाखलाग्दो बनेको छ।
विधानसभा चुनाउअघि तत्कालीन गोजमुमो दुईका अध्यक्ष रहँदा विनय तामाङले सीके श्रेष्ठ गोर्खा एसेम्बलीको मोडललाई अघि सारेका थिए। अहिले पनि विनयले आफ्नो प्रमुख मुद्दाहरूमा यसलाई राखेका छन्।
यसैले आजका बैठकमा दुईबिच गोर्खा एसेम्बीकै मुद्दाबारे चर्चा भएको लख काटिएको छ।