एसएससी स्क्याम : सीबीआईले पक्रियो एनबीयूका उपकुलपति सुबिरेश भट्टाचार्य

0
1091

कोलकाता, १९ सेप्टेम्बरः शिक्षक नियुक्ति घोटाला अर्थात एसएससी स्क्याम मामिलामा उत्तर बङ्गाल विश्वविद्यालयका उपकुलपति सुबिरेश भट्टाचार्यलाई सीबीआई पक्राउ गरेको छ ।

सीबीआईलाई उनलाई आज पक्राउ गरेको हो । भट्टाचार्य २०१४ देखि २०१८ सम्म पश्चिम बङ्गाल स्कूल सर्भिस कमिशनका अध्यक्ष पदमा थिए ।

उनकै कार्यकालमा ३८१ जना यस्ता शिक्षकलाई अवैध ढङ्गमा नियुक्ति गरियो, जसमध्ये २२२ जना एसएससी परीक्षामा समेत बसेका थिएनन् ।

सीबीआई सूत्रका अनुसार शिक्षक नियुक्ति घोटाला मामिलामा सुबिरेश भट्टाचार्यको सन्दिग्ध भूमिकाबारे ठोस प्रमाण प्राप्त भएको थियो ।

पछिल्लो २४ अगस्तका दिन सीबीआईले उत्तर बङ्गालका उपकुलपति सुबिरेश भट्टाचार्यको कार्यालय र कोलकातास्थित फ्ल्याटमा घण्टौँसम्म खानतलासी गरी कतिपय दस्तावेज लिएर गएको थियो ।

स्मरण रहोस्, शिक्षक नियुक्त घोटाला मामिलामा अघिबाटै राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जी, कल्याणमय गाङ्गुली र एसपी सिन्हा पक्रा परिसकेका छन् । शिक्षक नियुक्ति घोटालामा यो चौथो ठूलो कारबाही हो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here