दार्जीलिङ, १९ अक्टोबर : प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री जीतेन्द्र सिंहसँग दार्जीलिङ पहाड़को दीर्घलम्बित मागको स्थायी राजनीतिक समाधानलगायत अन्य मुद्दाहरूमाथि छलफल गरिएको सांसद राजु विष्टले जानकारी गराएका छन्।
विष्टका अनुसार मन्त्री सिंहसँग दार्जीलिङ पहाड़को दीर्घलम्बित मागको स्थायी राजनीतिक समाधान खोज्ने, क्षेत्रका चियाकमान र सिन्कोना बगानका कर्मचारीहरूका अधिकारलगायत उनीहरूका लागि न्यूनतम रोज अधिनियम लागू हुनुपर्ने, काम गर्ने राम्रो परिस्थितिको निर्माण, राम्रो जीवनस्तरको सुनिश्चितता, कर्मचारीहरूले भोगिरहेको बोनस समस्या, गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिइनुपर्ने, दार्जीलिङ पहाड़मा बहुसुविधासम्पन्न अस्पतालको निर्माण, केन्द्रिय विश्विद्यालयको निर्माण, दार्जीलिङ क्षेत्रको संवेदनशीलतालाई हेरेर राष्ट्रिय सुरक्षाको पहल तथा दक्षिण-पूर्वी एशियाइ देशहरूको प्रवेशद्वारको रूपमा क्षेत्रके विकास र क्षेत्रसम्बन्धित बुनियादी ढाँचाको विकासजस्ता मुद्दामाथि छलफल भएको थियो।
अर्कोतिर, छलफल गरिएका यी सबै मुद्दालाई निर्धारित समयमा सम्बोधन गरिने प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री सिंहले आश्वासन दिएको सांसद विष्टले दाबी गरेका छन्। यसका साथै आफूलाई मन्त्री सिंहले निम्तो गरेर यी मुद्दाहरूमाथि छलफल गरेकोमा आभार प्रकट गरेका छन्। उनले मन्त्री सिंहसँगको भेटवार्तामा क्षेत्रका सबै मुद्दामाथि छलफल गर्नका साथै क्षेत्रका मानिसहरूको आकांक्षा पूरा गर्नका चर्चा गरिएको पनि दाबी गरेका छन्।
आती उत्म