सोशल मिडियामा ममताको आलोचना गर्ने कङ्ग्रेस प्रवक्ता पक्राउ

0
1117
कङ्ग्रेस प्रवक्ता सन्मय ब्यानर्जी (फोटो साभार-इन्टरनेट)।

कोलकाता , 19 अक्टोबर : साइबर क्राइमसँग सम्बन्धित एक मुद्दामा कङ्ग्रेस प्रवक्ता सन्मय ब्यानर्जी पक्रा परेका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको खरो आचोलना गर्ने ब्यानर्जी राज्य कङ्ग्रेसका प्रवक्ता हुन्।

पूर्व पत्रकारसमेत रहेका उनले सोशल मिडियामा ममता ब्यानर्जीको खरो आलोचना गर्दै आएका छन्। ममताविरुद्ध सोशल मिडियामा पोस्ट गरेकै कारण प्रवक्ता ब्यानर्जीलाई पुलिसले पक्राउ गरेको दाबी लोकसभामा विपक्षी नेता अधीर रञ्जन चौधरीले गरेका छन्।

सन्मय ब्यानर्जीको पक्राउमा उनले राज्य सरकारको तीखो आलोचनासमेत गरेका छन्। जानकारीका अनुसार बिहीवार राति ब्यानर्जीलाई 24 उत्तर परगाना जिल्लाको अगरपारास्थित उनकै घरमा पक्राउ गरिएको छ।

सूत्रका अनुसार कङ्ग्रेस प्रवक्ताविरुद्ध पुरुलियाको साइबर क्राइम सेलमा एक स्थानीय तृणमूल नेताले उजुरी गरेका थिए। यसभन्दा अघि नै ब्यानर्जीविरुद्ध आईटी एक्टअन्तर्गत थप अर्को मिदनापुरमा दर्ता गरिएको थियो, जसका लागि उनलाई नोटिस पठाइएको थियो।

उल्लेखनीय छ,  यी कङ्ग्रेस प्रवक्ताले  Banglar Barta (बङ्ग्लार वार्ता) नामको एक यूट्युब च्यानल चलाउने गर्छन्। ब्यानर्जीले यो च्यानल पछिल्लो जून महिनादेखि शुरु गरेका हुन्। र, पछिल्ला पाँच महिनाको अवधिभित्रै 82,900 सब्सक्राइबर भइसकेका छन्।

उनी टीभका पनि चर्चित अनुसार हुन्। आफ्नो यूट्युब भिडियोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र उनका भदै एवं सांसद अभिषेक ब्यानर्जीलाई भ्रष्टाचारको मामिलामा घेर्दै तीखो आलोचना गरेका थिए। यो आलोचनाले उनी अत्यधिक चर्चित भएका थिए।

अर्कोतिर, पार्टी प्रवक्ता सन्मय ब्यानर्जीको पक्राउको आलोचना गर्दै अधीर रञ्जन चौधरीले भने, ‘दिदी (ममता)-ले यस प्रकारको हमला गरी हाम्रो सङ्कल्पलाई कमजोर गर्नसक्ने छैनन्। म यस्तो लज्जास्पद राजनीतिक कारबाहीको निन्दा गर्दछु।’

उनले सन्मयको पक्राउबारे विरोध जनाउनका लागि बङ्गालका कङ्ग्रेसी कार्यकर्ताहरूलाई सड़कमा ओर्लेर प्रदर्शन गर्ने अपीलसमेत गरेका छन्। साथै ममता सरकारले राजनीतिक बद्लाको भावना राखेर सन्मय ब्यानर्जीलाई पक्राउ गरेको आरोप लगाए।

स्रोत-आजतक

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here