गृहपालित पशुहरूको सुरक्षाका लागि भोलि दार्जीलिङमा ऱ्याली निकालिइने

0
1413

दार्जीलिङ, 19 अक्टोबर : गृहपालित पशु-प्राणीको सुरक्षाका लागि भोलि दार्जीलिङमा एक र्‍याली निकालिने भएको छ। विशेष गरी तिहारको समय कसैले पनि गृहपालित पशु-प्राणीमाथि पटेका नपड्काइदिने अपील गरिएको छ। यदि कसैले गृहपालित पशु-प्राणीमाथि पटेका पड़्काएको खण्डमा उनीहरूविरुद्ध पुलिसले कठोर कारबाही भएको पेट एनिमल लभर सोसाइटीले चेताउनी दिएको छ।

तिहारनजिक आइरहेको छ। र, तिहारमा सबैले नै पटेका पड्काउने गर्छन्। यति मात्रै होइन, कतिपय मानिसले बद्माश गरेर कुकुर, बिरालो तथा अन्य गृहपालित पशु-प्राणीहरूमाथि नै पटेका फ्याँकिदिने गर्छन्। जसको कारण यस्ता पशुहरू लुक्ने ठाउँ खोज्दै भाग्न बाध्य बन्छन्।

यसैले यसप्रकारको कार्य कसैले पनि नगरिदिने अपील गर्दै सोसाइटी यसबारे जनचेतना फैलाउनका लागि भोलि अर्थात् 20 अक्टोबरको दिन दार्जीलिङमा एक र्‍यालीको पनि आयोजन गर्ने तय गरेको छ।

स्थानीय रेलवे स्टेशन परिसरदेखि निकालने भएको उक्त र्‍याली चौरस्तमा पुगेर समाप्त हुनेछ, जसमा गृहपालित पशु प्राणीहरूको सुरक्षा गरौं भन्ने लेखिएका प्ला-कार्डहरू लिएर साधारण जनतालाई पनि सहभागी बनिदिने सोसाइटीले अपील गरेको छ।

यसबारे जानकारी गराउँदै सोसाइटीका अध्यक्ष सन्दीप लखोटियाले भने, “दार्जीलिङमा रहेका गृहपालित पशु प्राणीहरूमाथि धेरै अत्याचार हुने गरेका छन्। यस्ता पशु प्राणीहरूलाई पनि मायाको खाँचो छ। तरै पनि विशेष तिहारको समय यस्ता पशु प्राणीहरूमाथि अझै बेसी अत्याचार हुने गरेको इतिहास साक्षी छ। कुकुर, बिरालो तथा चराहरूलाई लक्ष्य गरी पटेका पड्काउने गरिन्छ, उनीहरूमाथि अत्याचार गर्ने गरिन्छ। तर यो पूर्णरूपले अवैध हो। यदि तिहारको समय कसैले यसप्रकारको कार्य गर्छ भने यसविरुद्ध कठोर कारबाही हुनपर्छ।”

यस विषय लिएर सोसाइटीले दार्जीलिङ पुलिससित पनि कुरा गरिसकेको पनि उनले बताएका छन्, जसमा पुलिसले पनि सोसाइटीको यस पहलमा पूर्ण सहयोग प्रदान गर्ने आश्वासन दिएको लखोटियाको भनाइ  छ।

“उसै पनि राति 10 बजेपछि पटेका पड्काउनु अवैध हो। यस विषय लिएर सर्वोच्च न्यायालयले एक निर्देश जारी गरिसकेको छ”, उनले थपे, “यसैले यसपालिको तिहारमा कसैले अधिक हानि पुर्‍याउने वा घातक प्रकारका पटेकाहरू बिक्री गरेको देखिए, कसैले पनि त्यो खिचेर पुलिसलाई दिन सक्नेछन्। जसमाथि पुलिसले कठोर कार्वाही गर्ने भएको छ।’’

यति मात्रै होइन, यस विषयमा सोसाइटीले दार्जीलिङका जिल्लापालसमक्ष पनि एक ज्ञापन  चढ़ाइसकेको उनले बताएका छन्।

“यसैले कसैले पनि केही आर्थिक लाभका लागि अधिक घातकप्रकारको पटेका नबेची दिउन्”, उनले अपील गरे। उनका अनुसार तिहारको समय अधिक पटेका पड्काइएको कारण चराहरू पनि प्रभावित बनिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here