सिलगढ़ी, 19 अक्टोबरः भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दार्जीलिङ पहाड़को स्थायी राजनैतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यताको मुद्दा समाधान हुने प्रतिबद्धता दोहोऱ्याएका छन्।
आज बिहान सिलगढ़ी आइपुगेका उनले सामाजिक समूह बैठकलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जताएका हुन्।
नड्डाका दावीका अनुसार भाजपा गोर्खा जातिका दुवै मुद्दालाई समाधान गर्नका लागि कटिबद्ध छ। साथै पूरा पनि अवश्यै गर्नेछ।
भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भने, “हामी गोर्खा समाजप्रति धन्यवादी छौँ। उनीहरूले सदैव हामीलाई साथ दिएका छौँ। उनीहरूका दुइवटा मुद्दालाई हामीले सङ्कल्प पत्रमा पनि राखेका छौँ। दुवै मुद्दालाई हामी पूरा गर्नेछौँ। यसका लागि कटिबद्ध छौँ। प्रतिबद्ध छौँ। यसमा हामी अघि बढ़्नेछौँ। यो कुरा म तपाईंहरूलाई बताउन चाहन्छु।”