सुवेन्दुसहित 10 विधायक, एक सांसद, एक पूर्व मन्त्रीसमेत दर्जनौँ नेता भाजपामा सामेल

0
1226

मेदिनीपुर, 19 दिसम्बरः सबै राजनीतिक अनुमानमा विराम लगाउँदै सुवेन्दु अधिकारी आज भाजपामा सामेल भए।

केही दिनअघि तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका यी दिग्गज नेताले आज केन्द्रिय गृह मन्त्री एवं भाजपाका दिग्गज नेता अमित शाहको उपस्थितिमा भाजपाको झण्डा समाए।

सुवेन्दु अधिकारी मात्र होइन, तर आज तृणमूल, कङ्ग्रेस र माकपाका 9 जना विधायक पनि भाजपामा सामेल भए।

यति मात्र होइन, बर्धमान पूर्वका तृणमूल सांसद सुनिल मण्डल, अलिपुरद्वारका पूर्व तृणमूल सांसद दशरथ तिर्की र  ममता सरकारमा पूर्व मन्त्रीसमेत रहेका श्यामापद मुखर्जीले पनि आज भाजपाको झण्डा समाए।

आज अमित शाहको उपस्थितिमा भाजपामा सामेल हुने विधायकहरूमध्ये सातजना तृणमूलका र एक-एकजना माकपा र कङ्ग्रेसका विधायक छन्।

यसबाहेक 15 पार्षद्, 45 चेयरम्यान, र जिला पञ्चायतका दुई अध्यक्ष पनि भाजपा झण्डा समाएको बताइएको छ।

सुवेन्दु अधिकारीबाहेक आज बर्धमान पूर्वका तृणमूल सांसद सुनिल मण्डल, अलिपुरद्वारका पूर्व तृणमूल सांसद दशरथ तिर्की, पूर्व मेदिनीपुरको उत्तर कान्थीकी विधायक वणश्री माइती, पूर्व मेदिनीपुर हल्दियाकी माकपा विधायक तापसी मण्डल, पूर्व मेदिनीपुर तमलुकका भाकपा विधायक अशोक डिण्डा, पुरुलियाका कङ्ग्रेस विधायक सुदीप मुखर्जी, पश्चिम बर्धमान कालनाका विधायक विश्वजीत कुण्डु, मन्तेश्वरका तृणमूल विधायक सैकत पाञ्जा, उत्तर 24 परगना ब्यारेकपुरका तृणमूल विधायक शीलभद्र दत्ता, मालदा गाजोलकी तृणमूल विधायक दीपाली विश्वास, जलपाइगढ़ी नगरकटाका तृणमूल विधायक शुक्र मुण्डा तथा पूर्व मन्त्री श्यामा प्रसाद मुखर्जी सामेल छन्।

यसका साथै तृणमूलसहित माकपा र कङ्ग्रेसका प्रदेशस्तरका धेरै पदाधिकारी पनि भाजपामा सामेल भएका छन्।

उनीहरूमा कर्नल दीप्ताङ्ग्शु चौधरी (तृणमूल कङ्ग्रेसको राज्यस्तरका नेता), आशिष दत्त र बप्पा मजुमदार (अलिपुरद्वार), कार्तिक पाल र प्रफुल्ल बर्मन (उत्तर दिनाजपुर), सत्येन राय (पूर्व विधायक), देवाशिष मजुमदार (दक्षिण दिनाजपुर), परवेज रहमान (पूर्व विधायक, हुगली), कबिरुल इस्लाम (तृणमूल अल्पसङ्ख्यक मोर्चाका महासचिव), प्रा. ओहदुल हक (अल्पसङ्ख्यक मोर्चाको राज्यस्तरीय नेता), चन्द्रशेखर बन्द्योपाध्याय (अध्यक्ष, दुर्गापुर नगर निगम), समीरन मिश्रा (हुगली), देवाशिष मुखर्जी (डानकुनी नगर पालिका, उपाध्यक्ष) सहित अन्य सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here