सिलगढ़ी, 20 जनवरीः भारतीय जनता पार्टी (भाजपा) बङ्गालको सत्तामा नआउने दावी विमल गुरुङले गरेका छन्।
सिलगढ़ीको लिम्बू बस्तीमा पार्टीको अल्पसङ्ख्यक सङ्गठनको सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन्।
“भाजपा हन्ड्रेड परसेन्ट सत्ता आउनेछैन”, विमलले भने।
भाजपा बङ्गालको सत्तामा आउँदै नआउने दावी गर्दै गुरुङले यदि भाजपा सत्तामा आएको खण्डमा राजनीति नै छोड़िदिने ठोकुवा पनि गरे।
उनको दावीका अनुसार भाजपाले आउँदो विधानसभा चुनाउमा 70 भन्दा अधिक सिट जित्नेछैन।
यसअवधि उनले राजु बिष्टमाथि कटाक्ष गरे। विमलका अनुसार राजु बिष्टलाई यहाँको ग्राउन्ड रियालिटी नै थाह छैन। त्यसैले 200 भन्दा बढ़ी सिट जित्ने बिष्टले कल्पना नगरेकै ठीक हुने उनको भनाइ छ।
अर्कोतिर उनले दुई-चारजनाले पार्टी छोड़ेर जाँदा कुनै फरक नपर्ने र जनता आफूसँगै रहेको ठोकुवा पनि गरे।