नयाँ दिल्ली, 20 जनवरीः जति जति बङ्गाल विधानसभा चुनाउ नजिक आउँदैछ, उति उति तृणमूल कङ्ग्रेस छोड़ेर भाजपामा सामेल हुनेहरूको सूची लम्बिँदै जाँदैछ।
अब यो सूचीमा तृणमूल विधायक अरिन्दम भट्टाचार्यको नाम पनि थपिएको छ।
नदिया जिल्लास्थित शान्तिपुरका विधायक अरिन्दम भट्टाचार्यले आज (बुधबार) तृणमूल कङ्ग्रेस त्यागेर भाजपामा सामेल भए।
दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित एक कार्यक्रममा उनी भाजपामा सामेल भएका हुन्।
यसअवसरमा भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीय, भूपेन्द्र यादव, अरुण सिंह, डी पुरन्देश्वरी र प्रवक्ता शाहनवाज हुसैन उपस्थित थिए।