टिस्टामा झऱ्यो वाहन, चालक उद्धार, सहचालक बेपत्ता

0
561

सिलगढी, २० जनवरीः राष्ट्रिय राजमार्ग १० अन्तर्गत किर्ने छेउ सात माइलमा एउटा मालवाहक वाहन दुर्घटना भएको छ।

दुर्घटनाग्रस्त वाहन मूल सडकबाट सोझै टिस्टा नदीमा खसेको छ। यो दुर्घटना आज बिहानै भएको बताइएको छ।

मल्ली पुलिसका थानाका अधिकारी देवनारायण घिसिङले दार्जिलिङ टक्सलाई टेलिफोनिक जानकारी गराए अनुसार सिमेन्ट लिएर सिलगढीबाट सिक्किमतर्फ गइरहेको एसके ०२-०६७७ नम्बरको मालवाहक वाहन दुर्घटनामा परी सोझै टिस्टा नदीमा खसेको हो।

रुबेन राई नाम गरेका चालकलाई मल्ली पुलिसले टिस्टा रङ्गीत रेस्क्यु सेन्टरको टिमको सहयोगले उद्धार गरी उपचारका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ।

चालक राई दक्षिण सिक्किमको कितामनिवासी हुन्।

टिस्टाको गहिरोमा वाहन खसेकाले देख्न सकिने अवस्था छैन। वाहनमा रहेका सहचालक बेपत्ता बनेको बताइएको छ।

यद्यपि यो समाचार तयार पारुञ्जेलसम्म बेपत्ता बनेका सहचालकको नाम-ठेगाना खुलिएको छैन।

गाडी निकाल्ने तथा बेपत्ता सहचालकको खोजी कार्य भोलि गरिने जानकारी पाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here