विद्यार्थीहरूको निष्कासन एसकेएम सरकारको कायरतापूर्ण कार्यः एचएसपी

0
1054

गान्तोक, २० फरवरीः गेजिङ कलेजका चारजना विद्यार्थीलाई निष्कासित गरिएको घटनाप्रति हाम्रो सिक्किम पार्टी (एचएसपी)-ले तीखो शब्दमा निन्दा गरेको छ।

पार्टी अध्यक्ष डा. वीणा बस्नेतले विद्यार्थीहरूको निष्कासनलाई एसकेएम सरकारको कायरतापूर्ण कार्य संज्ञा दिँदै शीघ्र ती विद्यार्थीहरूलाई पुनर्बहाल गर्नुपर्ने माग पनि गरेकी छन्।

यदि ती विद्यार्थीहरूलाई पुनर्बहाल नगरे एचएसपीले अघि आएर यसको कड़ा विरोध गर्ने पनि उनले बताएकी छन्।

‘ती चार विद्यार्थीलाई गेजिङ कलेजबाट निष्कासन गर्ने र उनीहरूका भविष्यलाई जोखिम पर्ने कार्यको एचएसपीले कड़ा शब्दमा निन्दा गर्दछ’, डा. बस्नेतले थप भनेकी छन्, ‘यो एसकेएम सरकारको अत्यन्त कायरपूर्ण कार्य हो। असन्तुष्टिलाई दबाउन शक्तिको प्रयोग भइरहेको छ।’

एचएसपी अध्यक्षका अनुसार सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको जग पार्टी क्रान्तिको विचारमा आधारित थियो। तर, दुर्भाग्यवश आज आफ्ना असमक्षताविरुद्ध मानिसहरूमाथि थिचोमिचो गर्ने कार्य गर्दैछ।

‘मानिसहरूले अपेक्षा राखेर हृदयबाटै परिवर्तनलाई स्वीकारे। तर यसको सट्टा उनीहरूले अहिले निष्कासन पाइरहेका छन्’, एचएसपी अध्यक्ष डा. वीणा बस्नेतले थप भनेकी छन्, ‘यो हाम्रो अहिलेको नयाँ सिक्किम हो, आकांक्षा-हरूको घाँटी निर्ममतापूर्वक अँठ्याइएको छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here