गोर्खा बटालियनलाई लिएर विपक्षीहरूले राजनीति चम्काउने प्रयास गर्दैछन्: एनबी खवास

0
918

दार्जीलिङ, २० फरवरीः राज्य सरकारले शुरू गरेको एसएपी १० गोर्खा बटालियनमा केवल चारजना गोर्खा जवानको नियुक्ति विषय लिएर पहाड़मा राजनैतिक खिँचातानी शुरू भयो।

गोर्खा बटालियन अगोर्खाहरूको भरमार देखिएपछि क्रामाकपा र गोरामुमोले आपत्ति जनाएका छन्।

यसैबीच, दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले यसमाथि स्पष्टीकरण दिँदै विपक्षी पार्टीहरूको आलोचना गरेका छन्।

उनको आरोपका अनुसार विपक्षी पार्टीहरूले गोर्खा बटालियनलाई लिएर विभिन्न अफवाह फैलाएर आफ्नो राजनीति चम्काउने प्रयास गरिरहेका छन्।

“केही महीनाअघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको क्याबिनेटमा गोर्खा बटालियन खोल्ने घोषणा गरेकी थिइन् अनि त्यसैअनुरूप गोर्खा बटालियनको स्थापना पनि भएको छ। तर, यसमा 3-4 जना मात्रै गोर्खा युवाको नियुक्ति विषय लिएर विपक्षी पार्टीहरूले विभिन्न अफवाह फैलाएर आफ्नो राजनीति चम्काउने प्रयास गर्न थालेका छन्। तर, अहिले यो बटालियनमा भर्ना शुरू भएको छैन, जति प्रशिक्षित अनि दक्ष पुलिसकर्मीहरू छन्, उनीहरूलाई नै यस बटालियनमा डेपुटेशनमा लिइएको हो”, खवासले थपे, “किनभने, कुनै पनि कार्यालय शुरू गर्दा त्यहाँ प्रशिक्षितहरूलाई नै पहिला नियुक्त गर्नुपर्छ, ताकि उनीहरूकै देखरेखमा नयाँ नियुक्ति हुने कर्मचारीहरूलाई प्रशिक्षित गर्न सकियोस्। अहिले गोर्खा बटालियनमा भर्ना शुरू भएकै छैन। केवल बटालियनको स्थापना गरिएको हो।”

उनको दावीका अनुसार आउँदो दिनमा गोर्खा बटालियनमा भर्ना शुरू भएपछि सम्पूर्णरूपले गोर्खा युवाहरूलाई नै यसमा भर्ना दिइने भएको छ।

“कामतापुरीका लागि नारायणी बटालियन पनि शुरू गरिएको छ, जसमा 4 जना गोर्खाको नियुक्ति भएको छ। ती 4 जना गोर्खा पनि अघिबाटै प्रशिक्षितहरू हुन्”, एनबी खवासको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here