विमल गुरुङविरुद्ध दर्ता ६० भन्दा अधिक मुद्दा फिर्ता लिँदै बङ्गाल सरकार!

0
1098

कोलकाता, २० फरवरीः बङ्गाल सरकारले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङविरुद्ध दर्ता ६० भन्दा अधिक मुद्दा फिर्ता लिने प्रक्रिया शुरू गरेको छ।

उल्लेखनीय छ, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि हिंसात्मक गतिविधिमा लिप्त रहेको आरोपमा मोर्चा प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरीमाथि राज्य सरकारले सयौँ मुद्दा दर्ता गरेको छ।

गुरुङ र अन्यहरूमाथि देशद्रोह र गैरकानुनी गतिविधि निरोधी अभियान (यूएपीए) अन्तर्गत् पनि मुद्दा दर्ता गरिएको छ, तर यी मुद्दामाथि सर्वोच्च न्यायालयले स्टे लगाएर पक्राउ नगर्ने अघिबाटै आदेश जारी गरेको छ।

उल्लेखनीय छ, राज्य सरकारले लगाएका सयौँ मुद्दाहरूका कारण नै विमल गुरुङ र अन्य नेतृत्वहरू पहाड़बाट विस्थापित बनेका थिए।

यद्यपि, पछिल्लो २१ अक्टोबरका दिन अचानक कोलकाता पुगेर तृणमूल कङ्ग्रेसलाई सहयोग गर्ने घोषणा गरेपछि नै गुरुङ र अन्यहरू साढ़े तीन वर्षपछि दार्जीलिङ पहाड़ फर्किन सम्भव बनेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here