ड्रग्स तस्करीका मुख्य आरोपी दिल्लीबाट पक्राउ

0
972

गान्तोक, २० फरवरीः दक्षिण सिक्किमको जोरथाङ पुलिसले अहिलेसम्मकै सबैभन्दा बढ़ी ड्रग्स तस्करीका मुख्य आरोपी दिल्लीबाट पक्राउ गरी सिक्किम ल्याएको छ।

जोरथाङ थानाका प्रभारी तथा पुलिस निरीक्षक नीरज खतिवड़ाको अगुवाइमा गएको टोलीले दिल्ली पुलिसको सहयोगमा ड्रग्स तस्करीका मुख्य आरोपी रोहित तामाङलाई पक्राउ गरी सिक्किम ल्याइएको हो। यी आरोपीलाई पक्राउ गर्नका लागि सिक्किम पुलिसको एक टोली पछिल्लो १७ फरवरीका दिन दिल्ली गएको थियो।

पक्रा परेका आरोपी दार्जीलिङ कर्मटारनिवासी हुन्। ओरीपी तामाङविरुद्ध यसअघि पनि धेरैवटा साडा साथै अन्य आपराधिक मामिलाहरू रहेको थाहा लागेको छ।

आज सिक्किम पुलिसका डीआईजी रेञ्ज प्रवीण गुरुङले दक्षिणका पुलिस अधीक्षक ठाकुर थापा, पूर्वका अधीक्षक जे. जय पाण्डेयन र पुलिस निरीक्षक निरज खतिवडाको उपस्थितिमा आयोजित एउटा  पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका छन्।

गत 31 जनवरीका दिन जोरथाङ थानाअन्तर्गत् भाँड़ीखोलाको जङ्गलबाट पुलिसले 22 देखि 24 लाख रुपियाँ मूल्य बराबरको ड्रग्स बरामद गरेको थियो।

डीआईजी गुरुङले बताएअनुसार त्यस समय शङ्काको आधारमा ड्रग्स तश्करहरूलाई पछ्याउँदै गएका आईआरबी जवानहरूलाई आरोपीहरूले धारिलो हतियार लिएर लखेट्ने प्रयाससमेत गरेका थिए।

पछि जोरथाङ पुलिसको एउटा टोली निरीक्षक खतिवडाको अगुवाइमा उक्त जङ्गलमा पुगेपछि केही आरोपी चम्पट कसिसकेका थिए।

पुलिसले सञ्जय सुब्बा र पदमबहादुर सन्यासी नाम गरेका जोरथाङ वरपरका वासिन्दालाई भने जङ्गलबाटै पक्राउ गरेको थियो।

ती आरोपीहरूबाट पुलिसले 60 हजार 540 स्पास्मो प्रोक्सिवन, 10 हजार एनटेन र 371 बोतल प्रतिबन्धित कफ सिरप जफत गरेको थियो।

पुलिसले यसअघि भागेका दुईजना आरोपी रामबहादुर राई र मन्दिप राईलाई पनि पक्राउ गरिसकेको डीआईजी प्रवीण गुरुङले जानकारी गराएका छन्।

यसबाहेक एक फरवरीको दिन नयाँ बजार थानाअन्तर्गत एउटा साडा मामिलामा पक्राउ पर्ने आरोपीको पनि यस ड्रग्स काण्डमा संलग्नता रहेको उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here