निर्भयाका दोषीहरूलाई फाँसी

0
967

नयाँ दिल्ली, २० मार्चः निर्भयाकाण्डका चारैजना दोषीलाई आज बिहान तिहाड़ जेलमा फाँसी दियो। बिहान ठीक ५.३० बजे चारै दोषीलाई फाँसीमा झुण्डाइयो।

यसभन्दा अघि सर्वोच्च न्यायालयमा आज झिसमिसेसम्म दोषीमध्येका एक पवन कुमारको अर्जीमाथि सुनवाइ चलेको थियो। तर सर्वोच्चले पवनको अन्तिम अर्जी पनि खारेज गरेपछि आज बिहान ५.३० बजे फाँसीमा झुण्डाइएको हो।

दिल्लीको एक न्यायालयले चारैजना दोषीको डेथ वारन्ट २० मार्चका लागि निकालेको थियो।

जानकारीका अनुसार दोषीहरूलाई करिब आधा घण्टासम्म फाँसीमा झुण्डाइएको थियो। शवको पोस्टमर्टम दीन दयाल अस्पतालमा गरिन्छ। पोस्टमर्टमका लागि अस्पतालका डाक्टरहरूको एक टिम गठन गरिएको छ।

उल्लेखनीय छ, ७ वर्ष ३ महिना ४ दिनमा निर्भयाले न्याय पाएकी छन्। यसका लागि उनका परिवारले लगातार न्यायको गुहार लगाउँदै आएका थिए।

पछिल्लो महिना तीनपटक फाँसीको सजाय टरेको थियो।

यसैबीच आज चारैजना दोषीलाई फाँसीमा झुण्डाइपछि निर्भयाकी आमा आज देशकी छोरीहरूले न्याय पाएको बताइन्।

“हामीले ढिलै भए तापनि सही न्याय पाएका छौं। यस न्याय व्यवस्थाप्रति हाम्रो विश्वास सधैं रहनेछ। हामी यो लड़ाइँ जारी राख्नेछौं”, उनले थपिन्, “निर्भयाले न्याय पाएकी छन्। देशकी छोरीहरूलाई न्याय दिलाउनका लागि हामी यो लड़ाइँ जारी राख्नेछौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here