कोलकाता, 20 मार्चः पश्चिम बङ्गालमा कोरोना भाइरसको थप अर्को मामिला प्रकाशमा आएको छ। लन्डनबाट फर्किने एक युवक कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएको छ।
बालीगञ्जनिवासी यी युवकको उमेर करिब २० वर्ष रहेको बताइएको छ। जानकारीका अनुसार युवकलाई बेलियाघाट आईडी अस्पतालमा भर्ती गरिएको छ।
राज्य सरकारका अधिकारीहरूका अनुसार सङ्क्रमित युवक पछिल्लो १३ मार्चका दिन इङ्ग्ल्यान्डबाट फर्केका थिए।
यी युवक कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि राज्यमा कोरोना सङ्क्रमित मानिसको सङ्ख्या दुई पुगेको छ। यसभन्दा अघि इङ्ग्ल्यान्डबाटै फर्केका अर्का एक युवक पनि कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएको थियो।