गायिका कनिका कपुर पनि कोरोना सङ्क्रमित

0
1719
गायिका कनिका कपुर। (फोटो साभार इन्टरनेट)

लखनउ, 20 मार्चः बलिवुडकी चर्चित गायिका कनिका कपुर पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। उनको जाँच पोजेटिभ पाइएको छ। कनिकालाई लखनउस्थित किङ्ग जर्ज चिकित्सा विश्वविद्यालयमा आइसोलेशन वार्डमा राखिएको छ।

41 वर्षीया गायिका केही समयअघि लन्डनमा थिइन्। त्यसपछि 15 मार्चका दिन उनी लखनउ फर्केकी थिइन्।

जानकारीका अनुसार उनले अधिकारीहरूसँग आफ्नो लन्डन यात्राबारे जानकारी लुकाएकी थिइन्। लखनउ पुगेपछि उनले आफ्ना साथी र परिवारका लागि एक फाइभ स्टार होटलमा ग्रान्ड पार्टी आयोजन गरेकी थिइन्।

जानकारीका अनुसार पछिल्ला चार दिनअघि कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो।

गायिका कनिका कपुर स्वयंले यसबारे जानकारी गराएकी छन्। अहिले कपुर र उनका परिवार सेल्फ क्वारेन्टाइनमा छन्।

अर्कोतिर उनको पार्टीमा सहभागी बन्नेहरूमा राजस्थानका सांसद दुष्यन्त सिंह पनि सामेल छन्। यद्यपि सांसद सिंहले स्वंयलाई अरूबाट अलग (सेल्फ क्वारेन्टाइन) राखेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here