दार्जीलिङ र कालेबुङ विशेष रूपले गम्भीर, मानिसहरूको अटेरीपन उस्तै

0
1597

दार्जीलिङ, 20 अप्रेलः दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी जिल्लासँगै बङ्गालका कुल 7 वटा जिल्लामा कोरोना भाइरसलाई लिएर अवस्था गम्भीर रहेको केन्द्रिय गृह मन्त्रालयले बताएको छ।

यस विषयलाई औंल्याउँदै केन्द्र सरकारले राज्यका मुख्य सचिवलाई तेस्रोपल्ट पत्र पठाइसकेको जानकारी पाइएको छ।

स्वास्थ्य मन्त्रालयले मध्य प्रदेशको इन्दौर, महाराष्ट्रको मुम्बई अनि पुणे, राजस्थानको जयपुर र पश्चिम बङ्गालका कलकता, हावड़ा, पूर्वी मेदिनीपुर, उत्तर 24 परगना, दार्जीलिङ, कालेबुङ र जलपाइगढ़ीको स्थिति विशेषरूपले गम्भीर रहेको बताएको छ।

यसै विषयलाई केन्द्र गरी केन्द्र सरकारले 6 वटा छुट्टा छुट्टै अन्तर-मन्त्रालय केन्द्रिय टोली (आईएमसीटी) पनि गठन गरेको छ, जुन टोलीले आगामी 2 वा 3 दिनभित्रै यी गम्भीर क्षेत्रहरूको परिभ्रमण गरी रिपोर्ट सङ्कलन गर्ने बताइएको छ।

यस टोलीले उपर्युक्त स्थानहरूको स्थलगत भ्रमण गरी मानिसहरूले सामाजिक दूरी कतिको पालन गरिरहेका छन्, स्वास्थ्य सुविधाहरूको बुनियादी ढाँचा कस्तो छ, स्वास्थ्य कर्मीहरूको सुरक्षा, श्रमिक तथा गरीब जनताका लागि स्थापना गरिएका राहत शिविरहरूको पनि सर्वेक्षण गर्नेछ। जुन रिपोर्ट यस टोलीले केन्द्र सरकारलाई बुझाउने भएको छ।

विशेष गरी लकडाउनको उल्लङ्घन, सामाजिक दूरी आदि नियमहरूलाई पूर्णरूपले पालन नगरिएको कारण नै देशका कतिपय राज्यका शहरहरूमा कोरोना सङ्क्रमणको स्थिति गम्भीर बन्दै गइरहेको हो।

मन्त्रालयका अनुसार देशका कतिपय राज्यमा आजसम्म लकडाउनलाई सटिक प्रकारले लागू गरिएको छैन। जसको कारण संक्रमण अझै बढ़ेर जाने सम्भावना प्रबल बनेर गइरहेको छ।

तर, दार्जीलिङमा अझै पनि मानिसहरूको भीड़ कम्ति हुने नाम नै लिएको छैन। आज दिउँसो पनि दार्जीलिङ शहरमा मानिसहरूको गतिलै भीड़ बढ़ेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here