सिलगढ़ी, 20 अप्रेलः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रेस्पिरेटोरी इन्टेन्सिभ केयर युनिट (रिकु)-मा उपचाराधीन एक व्यक्तिको भएको छ।
बाङ्ग्ला दैनिक उत्तरबङ्ग संवादमा प्रकाशित समाचारका अनुसार आज बिहान करिब 10 बजे ती व्यक्तिको मृत्यु भएको हो।
उल्लेखनीय छ, रिकुमा कोरोना सन्दिग्ध व्यक्तिहरूलाई राखिने गरिन्छ। यद्यपि ती व्यक्तिको मृत्यु के कारण भएको हो, त्यो भने खुलिएको छैन।
आज रातिसम्म यी व्यक्तिको रिपोर्ट आउने बताइएको छ। सूत्रका अनुसार केही दिनअघि शहरको भक्तिनगर थाना क्षेत्रमा बिरामी अवस्थामा घुमिरहेका यी व्यक्तिलाई शनिवार राति पुलिसले ल्याएर उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरेको थियो।
श्वास-प्रश्वासमा समस्या देखिएका उनलाई पहिला आइसोलेशनमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई पुनः रिकु वार्डमा सारिएको थियो।
यी व्यक्तिको अचानक मृत्युले कोरोनाको आतङ्क सिर्जना भएको छ। यद्यपि मृतक कोरोना सङ्क्रमित थिए/थिएन भन्ने पुष्टि भएको छैन।
उनको रालको नमूना टेस्टका लागि भीआरडीएलमा पठाइएको छ।
जानकारीका अनुसार रिकुमा अझै एकजना र आइसोलेशनमा दुईजना अझै उपचाराधीन रहेको बताइएको छ।