बङ्गाल सरकारले गम्भीरता नदेखाएकै कारण केन्द्रले आईएमसीटी गठन गरेको होः राजु

0
1151

दार्जीलिङ, 20 अप्रेलः कोभिड-19 सँग लड़्नका लागि बङ्गाल सरकारले गम्भीरता नदेखाएकै कारण केन्द्र सरकारले अन्तर्मन्त्रालय केन्द्रिय समिति (आईएमसीटी) गठन गरिएको सांसद राजु बिष्टले बताएका छन्।

यसका साथै उनले आईएमसीटी गठन र कोभिड-19 लाई लिएर बङ्गालको जमिनी सत्यता बुझ्नका लागि आईएमसीटी गठन गरिएकोमा उनले दार्जीलिङ पहाड़, तराई र डुवर्सवासीको पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्रालय अमित शाह, स्वास्थ्य मन्त्री डा. हर्षबर्धन र विदेश मन्त्री एस. जय शङ्करप्रति आभार प्रकट गरेका छन्।

“यो आईएमसीटीको गठन कोभिड-19 रेस्पोन्सलाई लिएर पश्चिम बङ्गाल भइरहेका कार्यहरूको जमिनी सत्यता जाँच्नलाई गरिएको हो”, बिष्टले थप भनेका छन्, “यसमध्ये एउटा टोलीले दक्षिण बङ्गाल र अर्को टोलीले उत्तर बङ्गालका जिल्लाहरूको भ्रमण गर्नेछ।”

सांसद बिष्टका अनुसार पश्चिम बङ्गाल सरकारले कोभिड-19 महामारीसँग जुझ्न गम्भीरता नदेखाएको कारण उनले पछिल्लो 6 अप्रेलका दिन प्रधानमन्त्रीलाई पत्राचार गरी एक मेडिकल एन्ड डिजास्टर एक्सपर्टको केन्द्रिय टोली पठाउनुपर्ने आवश्यकता रहेको जानकारी गराएका थिए।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, “त्यसपछि मैले उनीहरूलाई बङ्गालमा विशेषगरी उत्तर बङ्गालमा कोभिड-19 रेस्पोन्सका थुप्रै अनियमितताहरूको जानकारी गराएको थिएँ। मैले बारम्बार कोभिड-19 सन्दर्भमा चाहिने उपकरण र व्यवस्थालगायतका अनियमितताहरू सम्बन्धमा र टेस्टिङमा ढिल्याइ, डाटासन्दर्भमा पारदर्शिताको अभावजस्ता कुराहरू बारेमा केन्द्रलाई अवगत गराउँदै आएको छु। मैले केन्द्रिय पर्यवेक्षकलाई राज्यमा राशन स्टकको भौतिक पर्यवेक्षणलाई सुनिश्चित गरियोस् भनेर पनि 17 अप्रेलको दिन निवेदन गरेको थिएँ।’’

यसका साथै आफूले 18 अप्रेलका दिन राज्यपाल जगदीप धनखड़ र भाजपा अध्यक्ष जेपी नड्डासमक्ष यी विषयहरू उठाउनका साथै एक फ्याक्ट फाइन्डिङ टिम गठन गरिनुपर्ने अनुरोधसमेत गरेको दार्जीलिङका सांसदले बताएका छन्।

सांसद राजु बिष्टले आईएमसीटीको भ्रमणपछि कोभिड-19 बारे राज्यका सबै सम्बन्धित कार्य सँगालिएर जाने तथा पारदर्शिता आउने कुरामा विश्वस्त देखिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here