लकडाउन गरिहाल्ने सोचमा सरकार नरहेको मुख्यमन्त्री गोलेको भनाइ

0
1251

गान्तोक, 20 अप्रेलः कोविड 19-को दोस्रो लहरका कारण देशका विभिन्न राज्यमा पुनः लकडाउनको घोषणा गरिए तापनि सिक्किममा अहिले नै त्यस्तो निर्णय लिइहाल्ने सरकारको कुनै सोच नरहेको मुख्यमन्त्री पीएस गोलेको बताएका छन्।

राज्यमा अहिले स्थिति नियन्त्रणमै रहेको उनको भनाइ रहेको छ।

राज्यमा उद्योग धन्धा र व्यवसायहरू चलिरहोस् भनेर सरकारले अहिले नै लकडाउन नगर्ने निर्णय गरेको उनले बताए। तरै पनि स्थितिलाई ध्यानमा राखेर आज मात्र सरकारको एउटा उच्च स्तरीय सभा बसेर केही ठोस निर्णय लिइएको उनले बताए।

आज लिएका निर्णयहरूमा 20 अप्रेलसम्म बन्द भनिएका सबै शिक्षण संस्थानहरूलाई 30 अप्रेलसम्म बन्द राखिने र 22 अप्रेलदेखि राज्यका सबै सरकारी एवम् निजी कार्यालयमा 50 प्रतिशत कर्मचारी क्षमतामा काम हुने प्रमुख रहेको मुख्यमन्त्री गोलेले बताए।

यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 1 मईदेखि देशभरि 18 वर्षभन्दा अधिक उमेरकाहरूलाई पनि कोविड 19 को खोप लगाउने घोषणा गरेको जसलाई सिक्किम राज्यमा पनि पालन गरिने मुख्यमन्त्री गोलेले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here