मिरिकबाट असम फर्केकी महिला कोरोना सङ्क्रमित

0
1646
आज सेनिटाइज गरिँदै।

मिरिक, २० मईः असम विवाह मिरिककी एक महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि आज सौरेनी बजारमा सेनिटाइज गरिएको छ।

यसका साथै महिलाको माइता घरका सदस्यहरूलाई पनि होम क्वारेन्टिन गरिएको छ।

मिरिक पुलिसका अनुसार असम जोरहाट विवाह भएकी ४० वर्षीय ती महिला बाबा बिरामी भएका कारण माइता घर मिरिक सौरेनी बजार आएकी थिइन्। उनी लकडाउन हुनअघि नै मिरिक आएकी थिइन्।

प्राप्त जानकारीका अनुसार लकडाउनका कारण लामो समयसम्म माइता घर रहेकी उनी पछिल्लो १६ मईका दिन मिरिकबाट असम फर्केकी थिइन्।

हिजो असमका स्वास्थ्य मन्त्री हिमन्त विस्व शर्माले गरेको ट्वीट

उनको हिजो अर्थात् १९ मईका दिन कोरोना टेस्ट पोजिटिभ आएको थियो। हिजै असमका स्वास्थ्य मन्त्री हिमन्त विस्व शर्माले यसबारे पुष्टि गरेका थिए।

शर्माले हिजो ट्वीट गर्दै पोजिटिभ आइएकामध्ये एकजना दार्जीलिङबाट असम फर्केका बताएका थिए। त्यसपछि यसलाई लिएर चर्चा शुरू भएको थियो।

मिरिक प्रशासनका अनुसार आज ती महिलाका माइता घरका सदस्यहरूको स्वाब (राल)-को नमूना जाँचका लागि पठाइएको छ भने बेलुकीसम्म रिपोर्ट आइपुग्ने अनुमान गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here