नयाँ दिल्ली, २० मईः लकडाउनका कारण करिब दुई महिनादेखि बन्द घरेलु हवाई सेवा शुरू हुने भएको छ।
आउँदो २५ मईदेखि घरेलु हवाई सेवा शुरू हुनेछ। यसको जानकारी स्वयं नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट गरी दिएका छन्।
उनले ट्वीटमा २५ मईदेखि घरेलु उड़ान शुरू गरिने बताएका छन्। यसका साथै उनले सबै विमानस्थल र एयर लाइन कम्पनीलाई घरेलु उड़ानका लागि तयार बस्ने बताएका छन्।
यद्यपि यात्रीहरूका लागि उड़ानका लागि के कस्तो नियम हुनेछ, त्यसबारे स्पष्ट रूपमा केही बताइएको छैन। मन्त्री पुरीका अनुसार यसबारे जानकारी गराइनेछ।