बङ्गालमा फाइरिङ र बमबारी : एकको मृत्यु, चार घाइते

0
1102
भाटपाड़ामा हिंसालाई नियन्त्रण गर्ने कोशिश गर्दै पुलिस बल। (फाटो एएनआई ट्विटर)।

कोलकाता,  20 जून : बिहीबार उत्तर 24 परगाना जिल्लाको ब्यारेक संसदीय क्षेत्रको भाटपाड़ामा पछिल्लो लोकसभा चुनाउदेखि शुरु भएको राजनीतिक हिंसा जारी छ। आज भाटपाड़ामा नयाँ थानाको उद्घाटन  हुन केही घण्टाअघि भएको राज्यको शासक दल तृणमूल कङ्ग्रेस र प्रमुख विपक्षी भाजपा समर्थकहरूबीच गोलीबारी बमबारी भयो।

उक्त हिंसक झड़पलाई नियन्त्रण गर्नका  पुलिसले आँसु ग्यासको छोड़्नका साथै हावामा फाइरिङ गऱ्यो।

जानकारीका अनुसार यी दुई दलका समर्थकहरूबीच भएको बमबारी र फाइरिङमा रामबाबु शा नामकका एक युवकको मृत्यु भएको छ। तृणमूल र भाजपा दुवैले एकार्कालाई क्षेत्रमा हिंसा लाएको आरोप लगाइरहेका छन्।

स्मरणरहोस्, बुधबार राति कोलकातास्थित कालिघाट क्षेत्रमा तृणमूल कङ्ग्रेसकै दुई गुटबीच सङ्घर्ष भएको थियो। कुटपिटको घटनापछि दुवै गुटले कालिघाट थाना घेराउ गरेका थिए। त्यहीं अर्कोतिर सिँचाइ प्रखण्डमा भाजपा र तृणमूल समर्थकहरूबीच कुटपिट भएको खबर छ। जानकारीका अनुसार यो घटनामा दुईजना घाइते भएका छन्। यो घटनाको कारण उक्त क्षेत्र तनाउपूर्ण बनेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here