सिलगढ़ी, 20 जून : शहरका एक वृद्ध शिक्षकले किशोरी विद्यार्थीसँग दुष्कर्म गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। पुलिसका अनुसार यो घटना स्थानीय एनजेपी थानाअन्तर्गत फूलबारी क्षेत्रको गोठमाबारीमा भएको हो।
पीड़ित परिवारले एनजेपी थानामा घटनासम्बन्धमा उजुरीपछि आरोपी वृद्ध ट्युशन शिक्षकलाई पक्राउ गरेको छ। यसका साथै बिहीबार ती आरोपी शिक्षकलाई जलपाइगढ़ी अदालतमा प्रस्तुत गरियो। सूत्रका अनुसार अदालतले आरोपलाई न्यायिक हिरासतमा पठाएको छ।
पुलिस सूत्रका अनुसार आरोपी शिक्षकको नाम जयन्तो घोष हो। एनजेपी थानाबाट प्राप्त जानकारीका अनुसार आरोपी शिक्षकको घरमा पीड़ित किशोरी ट्युशन पढ्न जाने गर्थिन्।
जानकारीका अनुसार ट्युशन पढ़न आएकी छात्रा एक्लो रहेको मौकाको फाइदा उठाएर ती ट्युशन शिक्षकले दुष्कर्म गरे। यद्यपि डरको कारण ती पीड़ित छात्राले आफूमाथि भएको कुकृत्यलाई लुकाएर राखिन्। तथापि ती छात्राको शारीरिक अवस्थामा परिवर्तन आएको देखेपछि घर-परिवारले सोधीखोजी गर्दा दुष्कर्मको घटना प्रकाशमा आएको हो।
घटना प्रकाशमा आएपछि स्थानीय मानिसहरूले आरोपी शिक्षकलाई केरकार गर्न शुरु गरे। यसपछि आफूले गरेको कुकृत्यको भण्डाफोर हुँदै गएको थाहा पाएपछि ती आरोपी शिक्षक भागेका थिए। यद्यपि हिजो राति पुलिसले ती आरोपी शिक्षकलाई सिलगढ़ी जिल्ला अस्पताल नजिकबाट पक्राउ गर्न गऱ्यो।