हिमाचल प्रदेशमा बस दुर्घटना : 25 यात्रुको मृत्यु, 32 भन्दा बढ़ी घाइते

0
1718
दुर्घटनाग्रस्त बस (फोटो साभार-एएनआई ट्विटर)

कुल्लु, 20 मई : बिहीबार हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी बस दुर्घटनामा पर्दा 25 यात्रुको मृत्यु भएको छ, जबकि 32 भन्दा बढ़ी घाइते भएको बताइएको छ।

दुर्घटनामा परेको बस स्थानीय बजारबाट गाड़ागुशैणीतर्फ गइरहेको थियो। बस बहोट मोडनजिक पुगेपछि मूल सड़कबाट 500 फुट तल भिरमा खसेको थियो।

प्राथमिक रिपोर्ट्सका अनुसार बसमा 60 यात्रु सवार थिए। जसमध्ये 25 जनाको मृत्यु भएको छ भने 32 भन्दा बढ़ी घाइते भएका छन्, जसलाई उद्धार गरी अस्पताल पठाइने कार्य गरिँदैछ।

जानकारीका अनुसार बसमा धेरजसो कलेजका विद्यार्थी थिए। यो समाचार तयार पारुञ्जेलसम्म प्रशासमन एवं गाउँलेहरू उद्धार कार्यमा जुटेका छन्। अत्यधिक यात्रुको कारण उकालो चढ़्न नसकेको कारण बस ब्याक भएर ठूलो भिरबाट खसेको बताइएको छ।

दुर्घटनामा परेका धेरजसो यात्रु राज्यका मुख्यमन्त्री जयराम ठाकुरको विधानसभा क्षेत्र सराजका निवासी हुन्। जानकारीका अनुसार करिब सबै यात्रु सराजको गाड़ागुशैणी निवासी हुन्। घाइतेहरूमा धेरजसोको अवस्था गम्भीर छ। त्यसैले पनि मृतकहरूको सङ्ख्या बढ़्न सक्ने आशङ्का गरिएको छ। बस जुन ठाउँमा दुर्घटनामा पऱ्यो ,त्यो ठाउँको सड़क पनि अत्यधिक खराब रहेको बताइएको छ। यो घटनाले राज्यमा शोकको लहर छाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here