हल अव् फेममा सामेल भएर अत्यधिक खुशी छु : सचिन

0
1716
हल अव् फेममा सचिन तेन्दुलकर।

नयाँदिल्ली, 20 जुलाई : क्रिकेटका भगवान् मानिने सचिन तेन्दुलकरलाई इन्टरनेशनल क्रिकेट काउन्सिलले हल अव् फेममा सामेल गरेको छ। सचिनसँगै दक्षिण अफ्रिकी पूर्व फास्ट बलर एलन डोनाल्ड र अस्ट्रेलियेली पूर्व फास्ट बलर क्याथरिन फिट्जप्याट्रिकलाई पनि आईसीसीले हल अव् फेममा सामेल गरेको छ।

अर्कोतिर हल अव् फेममा सामेल भएपछि  यी लिजेन्डरी ब्याट्सम्यानले आफ्ना परिवार, साथी सङ्गी र प्रशंसकहरूप्रति आभार प्रकट गरेका छन्। सचिनले ट्विटरमा लेखेका छन्, ‘आईसीसीको हल अव् फेममा सामेल भएकोले म अत्यधिक खुशी छु। आज म जे जस्तो छु, त्यसमा धेरै मानिसको योगदान छ।’

उनले थप भनेका छन्, ‘यसका लागि मेरा परिवार, साथीसङ्गी र दुनियाँभरिका प्रशंसकहरूलाई धेरै धेरै धन्यवाद। क्याथरिन फिट्जप्याट्रिक र एलन डोनाल्डलाई पनि धेरै बधाई।’

2013 को नोभेम्बर महिनामा क्रिकेटबाट संन्यास लिएका सचिन तेन्दुलकरले टेस्टमा 15921 र वानडेमा 18426 रन बनाएकाछन्। जुन विश्व रेकर्ड हो। उनको यो रेकर्डलाई अहिलेसम्म कसैले तोड़्न सकेका छैनन्। आईसीसीको हल अव् फेममा सामेल हुने सचिन भारतका छैटौं भारतीय हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here