छैटौं अनुसूची होइन, राज्य नभए यूटी हुनुपर्छ : प्रताप खाती

2
1753
प्रताप खाती।

कालेबुङ, २० जुलाई : अखिल भारतीय गोर्खा लीग (प्रताप गुट)-का महासचिव प्रताप खातीले दार्जीलिङ पहाड़का लागि छैटौं अनुसूची सम्भव नरहेको बताएका छन्। ‘हाम्रो माग बङ्गालबाट छुट्टिने हो। बङ्गालभित्रै बस्ने होइन। त्यसैले दार्जीलिङ पहाड़का लागि छैटौं अनुसूची असम्भव कुरा हो’, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले भने।

खातीका अनुसार छैटौं अनुसूचीमार्फत् छुट्टै राज्य प्राप्त हुन्छ भन्ने कुरा तर्कसङ्गत छैन। किनभने छैटौं अनुसूची व्यवस्था अघिबाटै पाएका बोडोहरूले राज्यका लागि अहिले सङ्घर्ष गरिरहेका छन्। ‘हामीले मागेको छुट्टै राज्य नदिए, यूटी दिनुपर्छ। यी दुईवटाले मात्र हामी बङ्गालबाट छुट्टिन सक्नेछौं। हाम्रो सङ्घर्ष नै बङ्गालबाट छुट्टिनु हो’, ’, उनले थपे, ‘बङ्गालभित्रकै जुन व्यवस्थाले पनि हामीलाई न्याय दिने होइन। अहिले हाम्रो जस्तो अवस्था छ, त्यस्तै रहनेछ।’

अभागोली प्रताप गुटका  महासचिव खातीले थप भने, ‘यदि यी दुवै हुनसक्दैन भने सिक्किम-दार्जीलिङ विलय हुनुपर्छ। किनभने संविधानको धारा -२ मा यस्तो प्रावधान छ।’ उनले यद्यपि छुट्टै राज्य गोर्खाल्यान्ड नभए यूटीकै लागि सबै एकमत भएर आफ्नो सङ्घर्षलाई जारी राख्नुपर्ने सुझाए। यसका साथै उनले गोर्खा लीग सधैँ छुट्टै राज्य गोर्खाल्यान्डको पक्ष र बङ्गालभित्रकै टालटुले व्यवस्थाको विरोधमा रहेको पनि स्पष्ट पारे।

2 टिप्पणी

  1. Seeing the so far struggles for Gorkhaland State birth, the leaders compromises acecepting DGHC, GTA1 and GTA2, the trying of Bengal to subdue the Gorkhas declaring us as illigal immigrants (my NRC as Naga gorkha 1898), the Center hoping Bengal fowards the bifurcation issue which a never case, #THEN..? Gorkhaland, looking at the you you I I of the hills parties and keepbon earning commisions hanging the GL issue, back in 2013-24 since I, too, agree, vote for UT..🇮🇳😃 jai gorkha, jai Hind!

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here