गान्तोक, 20 जुलाईः सिक्किममा कोरोना भाइरसको सङ्क्रमणले तीव्र गतिमा बढ़्न शुरू भएको छ।
आज मात्र राज्यमा कोरोना भाइरसका 35 वटा नयाँ मामिला थपिएको छ। स्वास्थ्य विभागद्वारा प्राप्त जानकारीका अनुसार आज सङ्क्रमित पाइएका 35 जनामध्ये मामिलामध्ये 14 जना रम्फूबाट, 9 जना मामरिङबाट, 2 जना पश्चिम सिक्किमको टिम्बुरबुङबाट, 7 जना रोङ्लीबाट, एकजना साङबाट रहेका छन्।
त्यसैगरी एसटीएनएममा गरिएको आरटीपीसीआर जाँचमा दुईजना कोरोना सङ्क्रमित पाइएको छ।
यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 318 पुगेको छ, जसमध्ये 92 जना स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन्।
अहिले राज्यमा कोरोना भाइरसको एक्टिभ केस 226 रहेको छ।
यसैबीच राज्यमा कोरोना भाइरसको सङ्क्रमण बढ़्न शुरू गरेपछि सरकारले भोलिदेखि अर्थात् 21 जुलाईदेखि 27 जुलाईसम्म एक साता सिक्किममा पूर्ण लकडाउनको घोषणा गरेको छ।