दार्जीलिङ, २० जुलाईः पछिल्ला केही दिनयता गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमा छाड़्नेहरूका सङ्ख्या बढ़्दै गइरहेको छ।
यसैक्रममा दार्जीलिङबाट थप तीनजनाले पार्टी छाड़ेका छन्।
मोर्चा दुई छाड़्नेहरूमा युवा मोर्चा केन्द्रीय समिति सदस्य रिवाज मुखिया, घूम-जोरबङ्ग्लो समष्टि उपाध्यक्ष पेम्बा शेर्पा (छोम्बे) र दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू) दार्जीलिङ महकुमा समितिका अध्यक्ष बालम तामाङ रहेका छन्।
यी तीनैजनाले पार्टीको वर्तमान स्थितिलाई कारण देखाएरै मोर्चा दुईबाट राजीनामा दिएका छन्।
पेम्बा शेर्पा (छोम्बे)-ले पार्टीमा गणतान्त्रिक माहोल नरहेको पनि बताएका छन्।