दार्जीलिङ, २० जुलाईः अब सिक्किमबाट दार्जीलिङ प्रवेश केही कठोर बनेको छ।
कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर दार्जीलिङ जिल्ला प्रशासनले सिक्किमबाट दार्जीलिङ आउनेहरूका लागि केही कठोर नियम बनाएको छ।
जिल्ला प्रशासनले आज जारी गरेको आदेशका अनुसार अब सिक्किमबाट दार्जीलिङ आउनका लागि चालक र यात्रुहरूले कि त कोरोनाका दुवै खोप लगाएको हुनुपर्छ; नभए कोरोना टेस्टको नेगिटिभ रिपोर्ट देखाउन पर्नेछ।
चालक एवं यात्रुहरूले कोरोनाका दुवै खोप लगाएका छैनन् भने उनीहरूले ७२ घण्टा समयावधिभित्रको आरटी-पीसीआर नेगिटिभ रिपोर्ट देखाउन पर्नेछ।
यदि उनीहरूसँग आरटी-पीसीआर नेगिटिभ रिपोर्ट छैन भने ऱ्यापिड एन्टिजेन टेस्ट (ऱ्याट) गरिएको नेगिटिभ रिपोर्ट देखाउन पनि सक्नेछन्, तर रेपिड एन्टिजेन टेस्ट ४८ घण्टाभित्र गरिएको हुनपर्नेछ। नभए दार्जीलिङ प्रवेश गर्न पाइनेछैन। यो नियम आउँदो २२ जुलाई अर्थात् बिहीबारदेखि लागू हुनेछ।