सिक्किममा कोरोना भाइरसका थप 58 नयाँ मामिला

0
1033

गान्तोक, 20 अगस्तः सिक्किममा आज (बिहीबार) कोरोना भाइरसका थप 58 नयाँ मामिला थपिएको छ। आज प्रकाशमा आएका यी सबै मामिला पूर्व सिक्किमबाट रहेको बताइएको छ।

राज्यको स्वास्थ्य विभागका महानिर्देश एवं सचिव पेम्पा छिरिङ भोटियाले बताएअनुसार यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1290 पुगेको छ, जसमध्ये 827 जना स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन्।

अहिले राज्यमा एक्टिभ केस 460 रहेको छ। उल्लेखनीय छ, सिक्किममा कोरोना सङ्क्रमित सङ्ख्या बढ़िरहे तापनि स्वस्थ भएर घर फर्किरहेको सङ्ख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ।

अर्कोतिर,  पूर्व जिल्लाका तीन विभिन्न स्थानलाई आज जिल्ला प्रशासनद्वारा कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

आज घोषित कन्टेनमेन्ट जोनहरूमा आहो याङ्ताम ग्राम पञ्चायत युनिटअन्तर्गत् याङ्ताम र छोटा सिङ्ताम वार्ड, लिङ्दुम राङ्काको आईटीबीपी शिविर र नन-कोभिड अस्पतालको रूपमा रहेको मणिपाल अस्पताललाई पनि आज कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

यी स्थानहरूमा कोरोना भाइरस सङ्क्रमित भेटाइएपछि कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

मणिपाल अस्पताल र राङ्का आईटीबीपी शिविरको इन्सिडेन्ट कमाण्डर गान्तोक मुख्यालय-2 का महकुमा अधिकारी डा. आनन्द शर्मा रहेका छन् भने छोटा सिङताम वार्डका इन्सिटेन्ड कमाण्डर पाकिमका खण्ड विकास अधिकारी नीलकण्ठ भण्डारी रहेका छन्।

यसैबीच, आज पूर्व जिल्ला प्रशासनले रम्फू माझीगाउँ र सामलिक मार्चकस्थित ग्लेनमार्क फार्मास्युटिकल्स इन्डसट्रियल ग्रोथ सेन्टरलाई एक आदेश जारी गरी कन्टेनमेन्ट जोनको सूचीबाट हटाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here