पहाड़मा कोरोना सङ्क्रमण बढ़्दै, उच्च सतर्कताको आवश्यकता

0
1006

दार्जीलिङ, 20 अगस्तः पहाड़मा कोरोना सङ्क्रमण बढ़्न शुरू भएको छ। पछिल्ला केही दिनयता पहाड़का विभिन्न ठाउँबाट कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।

दार्जीलिङका जिल्लाशासक एस. पोन्नाबलमले जानकारी गराएअनुसार आज (बिहीबार) दार्जीलिङ नगरपालिका क्षेत्रका 3 जना, खरसाङ नगरपालिका क्षेत्रका 3 जना, तकदाका 1 जना, सुकेपोखरीका 7 जना, पुलबजारका 2 जना, सुकनाका 5 जना र मिरिकका 3 जना कोरोना सङ्क्रमित बनेका छन्।

जिल्लाशासकका अनुसार आज दार्जीलिङ जिल्लामा कोरोना भाइरसका कुल 145 मामिला प्रकाशमा आएको छ, जसमा नक्सलबारीबाट 36, मतिगढ़ाबाट 37, खोरीबारीबाट 2, फाँसीदेवाबाट 2 तथा दार्जीलिङ जिल्लाभित्र पर्ने सिलगढ़ी नगरनिगमका विभिन्न वार्डबाट 44 मामिला रहेका छन्।

यसका साथै आज विभिन्न कोभिड अस्पताल र होम आइसोलेशनबाट कुल 54 जना स्वस्थ भएर छुट्टी पाएका छन्।

उल्लेखनीय छ, पहाड़मा कोरोना सङ्क्रमण बढ़्न शुरू भएकाले उच्च सतर्कताको आवश्यकता देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here