दार्जिलिङ, २० अगस्तः दिपेन माले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) १-का साङ्गठनिक सचिव बनेका छन्।
आज केन्द्रीय महासचिव रोशन गिरीले मालेलाई पार्टीको केन्द्रीय साङ्गठनिक सचिव पदमा नियुक्त गरिएको जानकारी गराएका छन्।
यसभन्दा अघि दिपेन माले युवा मोर्चाका मुख्य सल्लाहकार थिए।