लोअर तुङसुङ रोड बन्यो डा. इन्द्रबहादुर राई पथ

0
770

दार्जिलिङ, २० अगस्त :  लोअर तुङसुङ रोड आजदेखि आधिकारिक रूपमा इन्द्रबहादुर राई पथ भएको छ ।

केही दिनअघि दार्जिलिङ नगरपालिकाले लोअर तुङसुङ रोडको नाम मूर्धन्य साहित्यकार इन्द्रबहादुर राईको नाममा राख्ने घोषणा गरेको थियो ।

यसै घोषणाका अनुसार आज भाषा दिवसको महत् अवसरमा दार्जिलिङ नगरपालिकाले आधिकारिक रूपमा लोअर तुङसुङ रोडलाई डा. इन्द्रबहादुर राई पथ बनाएको हो ।

दार्जिलिङ सदर-३ का सभासद् एवं हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले डा. इन्द्रबहादुर राई पथ लेखिएको साइन बोर्डको उद्घाटन गरे ।

यसअवसरमा नगरपालिका अध्यक्ष रितेश पोर्तेल, उपाध्यक्ष याङ्जी शेर्पा, क्षेत्रीय सभासद् रोर्बट छेत्री लगायत अन्यको पनि उपस्थिति थियो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here