बङ्ग्लादेश र दार्जीलिङ सोझै रेल मार्गले जोड़िने

0
1281
बङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (फाइल फोटो)।

नयाँदिल्ली, २० सेप्टेम्बर : अब चाँड़ै बङ्ग्लादेश र दार्जीलिङ सोझै रेल मार्गले जोड़िनेछ। बङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा यो महत्त्वाकांक्षी योजना कार्यरूपमा परिणत हुनलागेको हो। दुवै देशका राष्ट्र प्रमुखको संयुक्त पहलमा बङ्ग्लादेशको चिलाहटी र भारतको हल्दीबाड़ी हुँदै  सिलगढ़ी-दार्जीलिङ रेल रूट जोड़िनेछ।

एक राष्ट्रिय समाचारले उल्लेख गरेअनुसार सूत्रका अनुसार सबै पुराना रेल सम्पर्क पुनरूद्धार गर्न दुई देश सहमत भएको छ। यसको एक अंशको रूपमा दार्जीलिङसँग सम्बन्ध स्थापना गर्नका लागि बङ्ग्लादेशको चिलाहटी र भारतको हल्दीबाड़ीबीच सिमाना क्षेत्रमा रेल मार्ग निर्माण गर्ने परियोजना ग्रहण गरिएको छ। यो योजनामा कुल ७८ करोड़ १३ लाख रुपियाँ खर्च हुनेछ। सन् २०१९ –को जून महिनाभित्रै यो रेल मार्ग निर्माण गरिसकिनेछ। इन्टरचेन्ज पोइन्ट शुरु गर्ने उद्देश्यले बङ्ग्लादेशको चिलाहटी क्षेत्रमा ७ किलोमिटर र भारतको हल्दीबाड़ीमा ३ किलोमिटर रेल मार्ग पुनः निर्माण गरिनेछ। कुल १० किलोमिटर रेल निर्माण गरिएपछि यी दुई देशबीच यो करिडोरमा रेल सम्पर्क पुनः स्थापित हुनेछ, जुन रेल मार्गले  बङ्ग्लादेशको खुलनाको मोङ्ला बन्दरगाह र भारतको उत्तरपूर्वाञ्चलबीच आयात-निर्यात बढ़्नेछ।
उल्लेखनीय छ, पाँच दशकअघि बङ्ग्लादेशबाट रेलमा चढ़ेर सोझै दार्जीलिङ आउन सकिन्थ्यो। त्यतिखेर यी दुई बङ्गाल (पूर्व बङ्गाल अर्थात् बङ्ग्लादेश र भारतको पश्चिम बङ्गाल) –बीच यो रेल मार्ग अर्थनैतिक सम्पर्कको माध्यम थियो। समयकालमा यो करिडोरले महत्त्व गुमायो।
हालै ‘इन्डो-बङ्ग्ला मैत्री पाइपलाइन’ परियोजनाको यी दुई मित्र राष्ट्रले घोषणा गरेका थिए। सन् २०२० –को दिसम्बर महिनाभित्रै यो पाइपलाइनको कार्य पूरा हुने बताइँदैछ। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here