डीएचआर मुद्रीकरणको विरोध गर्दै एनएफ रेलवे इम्प्लोइज युनियन सडकमा

0
998

खरसाङ, २० सेप्टेम्बरः विश्व धरोहरको मान्यताप्राप्त दार्जिलिङ हिमालयन रेलवे (डीएचआर)-लाई मुद्रीकरण गर्ने केन्द्र सरकारको निर्णयको विरोध जनाउँदै आज एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङले सडकमा ओर्लेर ऱ्याली निकाल्यो।

ऱ्यालीले खरसाङ बजारलाई एक फन्को लगाएपछि स्टेशन परिसरमा आएर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै रेलवे कर्मचारी एवं इम्प्लोइज युनियन खरसाङका सचिव विशाल मुखियाले डीएचआरमा कार्यरत् ३३० कर्मचारी मात्र प्रभावित नबनेर डीएचआरमा रिक्त रहेका ६०० भन्दा बढ़ी पद पनि सधैँका लागि हराएर जाने बताए, जसको फलस्वरूप पहाडमा बेरोजगार समस्या थप बढ़्ने पनि उनको भनाइ थियो।

यस विरोध प्रदर्शनमा इम्प्लोइज युनियन खरसाङ शाखालगायत अवकाशप्राप्त रेलवे कर्मचारी सङ्घ र रेलवे कन्ट्याक्टर एसोसिएशनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

डीएचआरलाई मुद्रीकरण गर्ने निर्णयमा पुनर्विचार गरी यस निर्णयलाई फिर्ता लिइनुपर्ने माग पनि युनियनको पक्षमा विशाल मुखियाले गरेका छन्।

भाषा-साहित्यको अध्यापन पेशासँग जडित हजुरबाटै स्वतन्त्र पत्रकारितालाई बचाइराख्न पहल हुनेछ भन्ने आशा राख्दछु। तपाईंका एक सस्क्राइब, एक लाइक र एक कमेन्टले पनि जनसंवादलाई ठूलो ऊर्जा प्राप्त हुने सहर्ष जानकारी गराउँदछु।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here