सेवक-रम्फू रेल परियोजनामा दुर्घटना, दुई मजदुरको मृत्यु

0
1072

सिलगढ़ी, २० दिसम्बर: सेवक-रम्फू रेल परियोजनामा दुर्घटना हुँदा दुईजना मजदुरको मृत्यु भएको छ।

सेवक थाना सूत्रका अनुसार यस दुर्घटनामा परी ज्यान गुमाएका मजदुर ४० वर्षीय कारू रे र ३७ वर्षीय सन्तोष रे हुन्।

उनीहरू दुवै झारखण्डनिवासी हुन्।

यो दुर्घटना हिजो आइतवार राति करिब ११:३० बजे कालीझोडा छेउ काली खोलामा भएको हो, जहाँ पुल निर्माणको कार्य चलिरहेको थियो।

सूत्रका अनुसार पुल निर्माणकार्य चलिरहेको बेला माथिबाट माटो धस्केर पुरिँदा यी मजदुरको मृत्यु भएको हो।

शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइएको छ।

स्मरणरहोस् सेवक-रम्फू रेल परियोजनामा दुर्घटना भई मजदुरले ज्यान गुमाउन परेको यो दोस्रो घटना हो।

यसभन्दा अघि यसै वर्ष १७ जूनको राति करिब १०:३० बजे मल्ली र तारखोलाबिच भालुखोला निर्माणाधीन टनल १० मा दुर्घटना हुँदा दुईजना मजदुरकोमृत्यु हुनेका साथै पाँच जना गम्भीर घाइते भएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here