आजदेखि ममता उत्तर बङ्गालमा, उत्तर बङ्गाल-असम सीमाबाट चार उग्रवादी पक्रा परेपछि सुरक्षा व्यवस्था कठोर

0
1209
मुख्यमन्त्री ममता ब्यानर्जी (फाइल फोटो)।

सिलगढ़ी, २१ जनवरी :  मुख्यमन्त्री ममता ब्यानर्जीको पाँचदिने उत्तर बङ्गाल भ्रमणको ठीक एकदिन अघि  आइतवार उत्तर बङ्गाल र असमको सीमान्त क्षेत्र गोसाइपुर जङ्गलबाट प्रतिबन्धित सङ्गठन द नेशनल डेमोक्रेटिक फ्रण्ट अव् बोडोल्याण्डका चार उग्रवादीलाई सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले पक्राउ गरेका छन्। पक्रा परेका उग्रवादीहरूमा दुईजना महिला पनि सामेल छन्।

द नेशनल डेमोक्रेटिक फ्रण्ट अव् बोडोल्याण्डका चार उग्रवादीलाई  एसएसबीले पक्राउ गरेपछि ममता ब्यानर्जीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कड़ा बनाइएको छ।

उत्तर बङ्गालका एडीजी आनन्द कुमारका अनुसार उत्तर बङ्गालका सबै जिल्लालगायत बङ्गालसँग जोड़िएका असम, नेपाल, भोटाङ र बङ्ग्लादेश सीमामा पनि सुरक्षा व्यवस्था कसिलो बनाइएको छ। समतलदेखि पहाड़सम्म नै सुरक्षा व्यवस्था कठोर बनाइएको छ।

 पहिलोपटक महिलाहरूको पनि जाँच गरिने

उग्रवादी पक्राउ परेको घटनाले सतर्क भएको पुलिस प्रशासनले यसपटक पहिलोपटक महिलाहरूको पनि जाँच गरिने बताइएको च। उत्तर बङ्गाल उत्सवअवधि सिलगढ़ीको कञ्चनजङ्गा स्टेडियममा आउने महिलाहरूको जाँचका लागि छुट्टै व्यवस्था गरिएको छ। यसका सै मुख्यमन्त्रीको सम्पूर्ण कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्नका लागि वाईफाई जोन तयार गरिएको छ।

यातायात रूटमा परिवर्तन

मुख्यमन्त्रीको आगमन पूर्व स्टेडियम जाने वाहनहरूमा नियन्त्रण कस्नका लागि रूट परिवर्तन गरिएको छ। विधान रोडमा कुनै प्रकारका वाहनहरूलाई चल्न दिइनेछैन। एनजेपीबाट आउने वाहनहरूलाई एटीएस मोड़बाटै पानीट्याङ्की मोडतिर पठाइनेछ। सड़कलाई खुला राख्नका लागि आज बिहानैदेखि ट्राफिक पुलिसको खटिएको छ। उल्लेखनीय छ, आज अपरान्ह मुख्यमन्त्री ममता ब्यानर्जी हवाई मार्ग हुँदै बाघडुग्रा आउनेछिन्। उनी सोझै सड़कमार्ग भएर कञ्चनजङ्घा स्टेडियम गई त्यहाँ उत्तर बङ्गाल उत्सवको उद्घाटन गर्नेछिन्। त्यसपछि दार्जीलिङ जानेछिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here