ढिलै भए पनि गोरामुमोले सत्य कुरा बुझ्योः विनयपन्थी मोर्चा

0
1662
केशव राज पोख्रेल।

दार्जीलिङ, 21 जनवरीः राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-विरुद्ध गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को बयानलाई विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले स्वागत जनाएको छ।

विनयपन्थी मोर्चा नेता केशवराज पोख्रेलले ढिलो भए तापनि गोरामुमोले सत्य कुरा बुझेको बताएका छन्।

यसका साथै उनले विनयपन्थी मोर्चाले जहिल्यै सत्यको आधारमा राजनीति गरिरहेको र जनतालाई ढाँटेर भोट बटुल्ने कार्य नगरेको दाबी गरे।

हामीले विगत दिनदेखि वास्तविक गोर्खा एकताको कुरा गरिरहेका थियौं। पार्टीभन्दा जातिलाई माथि राखेर जातिको मुद्दामा सबै एकजुट हुनुपर्छ भन्ने आह्वान हाम्रो  थियो। अनि पहाड़मा सत्यको राजनीति गर्नुपर्छ भन्ने हाम्रो आह्वान थियो”, उनले थपे, “त्यो आज कहीं न कहीं सत्य भएको हामीले ठानिरहेका छौं। जसरी हामीले पछिल्लो लोकसभा चुनाउअघिदेखि एनआरसी गोर्खा जातिका लागि खतरनाक कुरा हो, यसले गोर्खा जातिलाई डुबाएर छोड़्छ भन्ने टेक थियो। त्यो टेकलाई मानेर आज गोरामुमोले साँच्चै एनआरसी गोर्खा जातिका लागि खतरा हो भनेर जुन बयान दिएको छ, त्यसलाई हामी स्वागत गर्दछौं।

यसअवसरमा पोख्रेलले आफ्नो पार्टी सत्यमा रहेको ठोकुवा गर्दै झूटो कुरा धेरै लामोसम्म तक्दैन भन्ने कुरा गोरामुमोले एनआरसी गोर्खा जातिका लागि खतरा हो भनेर स्वीकार्नुले प्रमाणित भएको बताए।

जातिका लागि सड़कमा ओर्लने गोरामुमोले जुन घोषणा गरेको छ, त्यसलाई हामी स्वागत गर्छौं। जातिका लागि हामी सबै एक भएर अघि बढ़ेको राम्रो हो। जनता पनि अब सड़कमा हाम्रा पार्टी अध्यक्षले बारम्बार एनआरसीको जुन विरोध गरिरहेका छन्, त्यसलाई समर्थन गर्नुपर्नेछ”, उनले भने।

अर्कोतिर, पहाड़मा छैटौं अनुसूची लागू भएको खण्डमा एनआरसीबाट बचाउनेछ भन्ने गोरामुमोको तर्कलाई भने विनयपन्थी मोर्चा नेता केशवराज पोख्रेलले खण्डन गरे।

छैटौं अनुसूचीको व्यवस्था रहेको क्षेत्रमा सीएए लागू नगरिने बताइए तापनि एनआरसी भने देशभरि लागू हुने पोख्रेलको भनाइ छ। छैटौं अनुसूची क्षेत्रमा एनआरसी लागू हुन्छ भन्ने तर्कमा उनले बोडोल्याण्डको उदाहरण दिए।

छैटौं अनुसूचीले हामीलाई एनआरसीबाट कुनै सुरक्षा दिँदैन। त्यसैले यदि एनआरसी लागू हुन्छ भने गोर्खाहरूलाई मूल रैथानेको दर्जा दिनुपर्छ भनेका हौं। त्यसले मात्र गोर्खालाई एनआरसीबाट बचाउनेछ”, पोख्रेलले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here