सिक्किमकी फूर्बा तामाङले जितिन् गोरुबथान हाफ म्याराथन

0
874

गान्तोक,  २१ फरवरीः सिक्किमकी धाविका फूर्बा तामाङले गोरुबथान हाफ म्याराथन-२०२१ जितेकी छन्।

आज सम्पन्न गोरुबथान हाफ म्याराथनको २१ किलोमिटरको महिला समूहमा फूर्बा पहिलो भएकी हुन्। उनले १ घण्टा ३५ मिनट दौड़ पूरा गरिन्।

गोरुबथान हाफ म्याराथन गोरुबथान रनर्सले प्रतिवर्ष आयोजन गर्नेगर्छ। यो चौथो संस्करण हो।

अर्कोतिर, पुरुष समूहको २१ किलोमिटरको दौड़ भने कालेबुङका यादव छेत्रीले जिते। गोरुबथान हाफ म्याराथनअन्तर्गत् २१  र ५ किलोमिटरको दौड़ आयोजन गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here