बङ्गालमा कोरोना भाइरसको तेस्रो मामिला पुष्टि

0
1064

कोलकाता, २१ मार्चः राज्यमा कोरोना भाइरसको तेस्रो मामिला प्रकाशमा आएको छ। भर्खरै स्कट्ल्यान्डबाट फर्केकी एक महिला कोरोना भाइरस सङ्क्रमित रहेको पाइएको छ।

यसका साथै राज्यमा कोरोना सङ्क्रमित मानिसको सङ्ख्या बढ़ेर तीन पुगेको छ। राज्यको स्वास्थ्य विभागका एक अधिकारीले शनिवार बताएअनुसार कोरोना सङ्क्रमित महिलाको उमेर २० देखि २५ छ।

ती महिला १६ मार्चका दिन स्कट्ल्यान्डबाट राज्य फर्केकी थिइन्। पछि कोभिड-१९ सङ्क्रमणजस्ता लक्षण देखा परेपछि शहरको बेलियाघाट आईडी अस्पतालमा भर्ती गरियो, जहाँ परीक्षणपछि महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको हो।

जानकारीका अनुसार महिला उत्तर २४ परगनास्थित हावड़ानिवासी हुन्। उल्लेखनीय छ, यसभन्दा अघि कोरोना सङ्क्रमित पाइएका दुई युवक पनि विदेशबाटै फर्केका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here