कोलकाता, 21 मार्चः कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर जारी उच्च माध्यमिक परीक्षालाई आउँदो 15 अप्रेलसम्मका लागि स्थगित गरिएको छ।
उच्च शिक्षा विभागले शनिवार उच्च माध्यमिक परीक्षालाई 15 अप्रेलसम्मका लागि स्थगित गर्ने घोषणा गरेको हो।
राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीले आज पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार विद्यमान परिस्थितिलाई ध्यानमा राखेर उच्च माध्यमिक शिक्षा परिषद्ले स्थगित गरेको हो।
निर्देशानुसार 23, 25 र 27 मार्चका दिन हुने परीक्षा अब 15 अप्रेलपछि हुनेछ। स्वास्थ्य विभागका सुझाउअनुसार उच्च शिक्षा विभागले परिस्थितिको समीक्षा गरी परीक्षा सञ्चालन गर्ने निर्णय लिने पनि मन्त्री च्याटर्जीले बताएका छन्।
उल्लेखनीय छ, पछिल्लो 13 मार्चदेखि उच्च माध्यमिक परीक्षा सम्पन्न भइरहेको थियो। यसभन्दा अघि नै कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा सीबीएसई, आईसीएसई र आईएससी परीक्षालाई स्थगित गरिएको थियो।