भाजपाले जारी गऱ्यो सङ्कल्प-पत्र, दोहोऱ्यायो जनजाति र स्थायी राजनीतिक समाधानको मुद्दा

0
1461
(फोटोः एएनआई ट्विटर)

कोलकाता, २१ मार्चः बङ्गाल विधान चुनाउका लागि भारतीय जनता पार्टी (भाजपा)-ले आज आफ्नो सङ्कल्प-पत्र सार्वजनिक गरेको छ।

उक्त सङ्कल्प-पत्रमा भाजपाले गोर्खा जातिका ११ जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता र दार्जीलिङ पहाड़, तराई एवं डुवर्सको स्थायी राजनीतिक समाधानको वाचा दोहोऱ्याएको छ।

उल्लेखनीय छ, यी दुइवटै मुद्दालाई भारतीय जनता पार्टीले पछिल्लो लोकसभा चुनाउमा आफ्नो सङ्कल्प-पत्रमा समावेश गरे तापनि यी मुद्दाहरूको समाधानका लागि अहिलेसम्म ठोस कुनै पहल गरेको छैन। र फेरि बङ्गाल विधानसभा चुनाउका लागि सङ्कल्प-पत्रमा यी दुइवटै मुद्दालाई समावेश गरेको छ।

यसका साथै दार्जीलिङ पहाड़मा सैनिक स्कूलको स्थापना, गोर्खा स्वतन्त्रता सङ्ग्रामीहरूका लागि सङ्ग्रहालयको स्थापना, नेपाली भाषामा दुरदर्शन र टिभी च्यानल शुरू गर्ने, चियाकमान, सिन्कोना बगान, फरेस्ट भिलेज र डीआई फन्डमा बसोबास गर्ने मानिसहरूलाई उनीहरूको जमिनको मालिकना हक पर्जापट्टा दिने, चियाश्रमिकहरूको रोज वृद्धि गरी ३५० बनाइने आदि मुद्दालाई पनि समावेश गरेको छ।

भाजपाको यो सङ्कल्प-पत्र आज गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गालका प्रभारी कैलाश विजयवर्गीय र प्रदेश भाजपा अध्यक्ष दिलीप घोषको हातबाट सार्वजनिक गरिएको हो।

सङ्कल्प-पत्रमा समावेश गरिएका अन्य प्रमुख मुद्दाहरू निम्न छन्-

-बङ्गालमा अवैध अनुप्रवेशलाई पूर्ण रूपमा रोकिने।

-किसान सम्मान निधि योजना लागू गरिने।

-शरणार्थी परिवारलाई प्रति वर्ष १० हजार रुपियाँ सहयोग दिइने।

-उत्तर बङ्गाल, जङ्गलमहल क्षेत्रमा तीनवटा नयाँ एम्स बनाइने।

-महिलाहरूका लागि KG देखि  PG (पोस्ट ग्रेजुएट)-सम्म निःशुल्क शिक्षा दिइने।

-विधवा पेन्शन तीन हजारदेखि बढ़ाएर 6 हजार रुपियाँ दिइने।

पश्चिम बङ्गालमा आयुष्मान योजना लागू गरिने।

-सबैका लागि सफा-स्वच्छ पिउने पानी उपलब्ध गराउने।

-किसानहरूलाई रूपे कार्ड उपलब्ध गराइने।

-‘सोनार बाङ्ग्ला आयोग’ –को स्थापना गरी सुशासनको स्थापना गरिने।

-11 हजार करोड़को सोनार बाङ्ग्ला फन्ड बनाइने।

-भू-माफिया, बालुवा माफियाका लागि छुट्टै टास्क फोर्स बनाइने।

गाई-तस्करीसमेत सबै माफियालाई रोकथामका लागि छुट्टै तन्त्र बनाइने।

-अर्ध सैनिक बलमा नारायणी सेनाको स्थापना गरिने।

-राहत कार्यहरूमा भ्रष्टाचारको जाँच गरिने।

राज्यमा क्षेत्रीय भाषाहरूलाई बढ़ावा दिइने।

-राजनीतिक हिंसा पीड़ितहरूलाई सहायता दिइने।

-IIT र IIM कै ढाँचामा राज्यमा शिक्षण संस्थाहरू बनाइने।

चार मेगा पार्क र एउटा चिया पार्क बनाइने।

संयुक्त राष्ट्रमा बाङ्ग्लालाई आधिकारिक भाषा बनाउनका लागि प्रयास गरिने।

रेल परियोजनाहरूलाई पूरा गरिने।

-राज्यमा बस सेवा र बन्दरगाहहरूलाई आधुनिकीकरण गरिने।

-स्कूलहरूलाई बाङ्ग्ला र अन्य भाषाहरूलाई दशौँ श्रेणीसम्म अनिवार्य गरिने।

मेडिकल र इन्जिनियरिङ कलेजमा बाङ्ग्ला भाषामा पढ़ाइ।

-२०२५ सम्म मेडिकलको सिट दुईगुणा बनाइने।

धार्मिक स्थलहरूको आधुनिकीकरणका लागि 100 करोड़ रुपियाँ।

पब्लिक ट्रान्सपोर्टहरूमा महिला यात्रीलाई निःशुल्क यात्राको सुविधा प्रदान गरिने।

बङ्गालभरि अन्नपूर्णा क्यान्टिन शुरू गरिने।

-साधारण मानिसहरूलाई ५ रुपियाँमा भोजनको सुविधा दिइने।

-खेलो बाङ्ग्ला महाकुम्भको आयोजन गरिने।

-कोलकातामा सोनार बाङ्ग्ला सङ्ग्रहालय बनाइने।

-उड़ान योजनाअन्तर्गत एयरपोर्ट विकसित गरिने।

-राज्यमा ९ वटा टुरिस्ट सर्किट बनाइने।

-सीमामा फेन्सिङ र सीसीटिभी क्यामेरा लगाइने।

-राज्य कर्मचारीहरूका लागि सातौँ वेतन आयोग।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here