श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोट, 35 विदेशी नागरिकसहित 158 जनाको मृत्यु

0
2372
श्रीलङ्काको एक चर्चमा भएको बम विस्फोटको दृश्य। (फोटो साभार -इन्टरनेट)

कोलम्बो, 21 अप्रेल : इस्टर सन्डेको दिन आज श्रीलङ्काका 3 वटा चर्चसहित 6 स्थानमा  शृङ्खलाबद्ध बम विस्फोट भएको छ, जसमा 35 विदेशी नागरिकसहित 158 जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेहरूको सङ्ख्या लगातार बढ़िरहेको छ। बताइँदैछ, आज बिहानै 3 वटा चर्चसहित 6 स्थानलाई तारो बनाएर बम विस्पोट गरिएको थियो। जसमा आतङ्कीहरूको तारो विशेषगरी ईशाइहरू बनेका थिए।

तीनवटा चर्चमा भएको विस्फोटमा 400 भन्दा अधिक नागरिक घाइते भएका छन्। अस्पताल सूत्रका अनुसार यी शृङ्खलाबद्ध विस्फोटमा यो समाचार तयार गरुञ्जेलसम्म कोलम्बोमा 42, नेगोम्बोमा 60 र बट्टिकालोआमा 27 नागरिक मारिएका छन्।

श्रीलङ्कामा यसभन्दा अघि बम विस्फोटको इतिहास लिट्टे युगकै थियो। श्रीलङ्कामा अन्तिमपटक ठूलो हमला सन् 2006 मा भएको थियो।

आजभन्दा 13 वर्षअघि 16 अक्टोबर 2006-मा दिगमपटाया नरसंहारमा लगभग 112 नागरिकको हत्या भएको थियो। लिट्टेसँग जड़ित उग्रवादीहरूले श्रीलङ्केली सेनालाई तारो बनाएर एक ट्रकलाई सेनाका गाड़ीहरूको दस्ताभित्र हालेर विस्फोट गरेका थिए।

अर्कोतिर आजको शृङ्खलाबद्ध बम विस्फोटपछि श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले आपात बैठक बोलाएका छन्। सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर कोलम्बोमा सेनाका 200 जवान तैनाथ गरिएको छ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बम विस्फोटमा गहिरो शोक व्यक्त गर्दै देशवासीलाई शान्ति बनाइराख्ने अपील गरेका छन्। उनले सुरक्षा एजेन्सीलाई त्वरित जाँच गरी हमलाका दोषीहरूविरुद्ध कठोर कारबाही गर्ने आदेश दिएका छन्।

श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विस्फोटपछि भारतकी विदेश मन्त्री सुषमा स्वराजले ट्वीट गरी बम विस्फोटपछि श्रीलङ्कामा उत्पन्न अवस्थामाथि दृष्टि राखिरहेको बताएकी छन्।

जुन तीनवटा चर्चमा आज विस्फोट भएको छ, त्यसमा कोलम्बोको सेन्ट एन्थोनी चर्च, पश्चिमी तटीय शहर नेगोम्बोमा रहेको सेन्ट सेबेस्टियन चर्च र पूर्वी शहर बट्टिकालोआको एक चर्च छन्। यसबाहेक तीनवटा होटलमा पनि विस्फोट भएको छ। विस्फोट भएको होटलहरूमा साङ्ग्रिला, द सिनामोन ग्रान्ड र द किङ्ग्सबरी सामेल छ। तीनैवटा होटल फाइभ स्टार हुन्।

प्राप्त जानकारीका अनुसार श्रीलङ्काका पुलिस प्रमुखले 10 दिनअघि देशभरि आत्मघाती हमलालाई लिएर अलर्ट जारी गरेका थिए। अलर्टमा आत्मघाती हमलाकारीहरूले देशका प्रमुख चर्चहरूलाई तारो बनाउनसक्ने बताइएको थियो।

रिपोर्टका अनुसार श्रीलङ्केली कट्टरपन्थी समूह नेशनल थोहिथ जमात (एनटीजे)-ल ) प्रमुख चर्चहरूसँगै कोलम्बोमा भारतीय उच्चायोगलाई तारो बनाएर आत्मघाती हमला गर्ने योजना बनाइरहेको थियो।

उल्लेखनीय छ, नेशनल थोहिथ जमात श्रीलङ्काको एक कट्टरपन्थी समूह हो, जसले गत वर्ष बौद्ध प्रतिमाहरूलाई ध्वस्त पारेको थियो।

श्रीलङ्केली पुलिसका अनुसार बिहान 8 बजेर 45 मिनटमा पहिलो बम विस्फोट भयो। त्यसपछि लगातार धेरै स्थानमा बम विस्फोट हुँदा मानिसहरूमा भागाभाग मच्चिएको थियो।

बताइँदैछ, विस्फोटमा सबैभन्दा बेसी मृत्यु कोलम्बोमा भएको छ। घाइतेहरूलाई कोलम्बोको नेशनल हस्पिटलमा भर्ती गरिएको छ।

स्थानीय पुलिसका अनुसार प्रार्थना गर्नका लागि मानिसहरू चर्चमा भेला भएको समयमा भयो। यद्यपि यो हमलाको दायित्व कसैले दिएको छ।

यो समाचार तयार पारिरहेको समयमा नै श्रीलङ्कामा सातौं विस्फोट भएको जानकारी छ। यो विस्फोट देहिवाला शहरमा भएको छ, जसमा दुईजना नागरिकको मृत्यु भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here